जुम्ला सदरमुकाममा टेलिकमको फोरजी सेवा
जुम्ला पुस २४
नेपाल टेलिकमले जुम्लाको सदरमुकाम खलङ्गामा फोरजी सेवा सञ्चालनमा ल्याएको छ । सदरमुकामलाई लक्षित गरी तीनवटा स्तम्भबाट फोरजी सेवा विस्तार गरिएको नेपाल टेलिकम शाखा जुम्लाले जनाएको छ । नेपाल टेलिकममा रहेको टावर, आचार्यवाडा माथिको डाँडामा रहेको स्तम्भ र भारतिवाडामा रहेको टावरबाट फोरजी सेवा शुरु भएकाले घरमै बसेर इन्टरनेट सहजै चलाउन सकिने नेपाल टेलिकम जुम्लाका कार्यालय प्रमुख रामचन्द्र श्रेष्ठले बताए ।
देश–विदेशका सूचना घरमै बसेर जानकारी लिनका लागि जुम्लामा फोरजी सेवा सञ्चालन गरिएको उनले बताए । आचार्यवाडा रहेको टावरमा फोरजी सेवा जडान गरिएको हुनाले गुठीचौर गाउँपालिकाअन्तर्गतका ३, ४ र ५ नं वडामा फोरजी सेवाले काम गरेकाले इन्टरनेटबाट वडापालिकामा गरिने कामलाई सहज र सजिलो हुने भएको छ । साथै मोबाइल डाटा प्रयोगकर्ताहरुका लागि फोरजी सेवाले महत्वपूर्ण फाइदा गर्ने कार्यालय प्रमुख श्रेष्ठले बताए । टुजी र थ्रीजी सेवा प्रयोग गर्दै आएका जुम्लावासी अबदेखि फोरजी सेवा प्रयोग गर्न पाउने स्थानीय नर रावतले बताए ।
साथै टेलिकमले जुम्लाका विद्यार्थीलाई निःशुल्क सिमकार्ड वितरण गर्दै आएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीलाई निःशुल्क सिमकार्ड वितरण गरिएको टेलिकम कार्यालय जुम्लाले जनाएको छ । १० ब्यालेन्स, ६० एमबी डाटा, ४० मिनेट भ्वाइस प्याक र २० वटा एसएमएस सुविधा भएको ५०० थान सिमकार्ड वितरण गरिएको र ग्राहक सङ्ख्यामा वृद्धि गर्न तथा सञ्चारको पहुँचमा विद्यार्थीलाई सहभागी गराउन निःशुल्क सिमकार्ड वितरण गरिएको बताएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया