केदार संकेतको कृति ‘अफगानी रणमैदान’को लोकार्पण
काठमाडौं ।
साहित्यकार केदार संकेतको नवीनतम कृति ‘अफगानी रणमैदान’को राजधानीमा लोकार्पण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार रोचक घिमिरे, समीक्षकहरू प्राध्यापक डाक्टर गोविन्दराज भट्टराई, प्राध्यापक डाक्टर कुमार कोइराला, डाक्टर नेत्र एटम, वरिष्ठ पत्रकार श्रीओम श्रेष्ठ ‘रोदन’, साहित्यकार इल्या भट्टराई र कवि उत्तम काँतिचले संयुक्त रुपमा कृतिको विमोचन गरेका हुन् । कार्यक्रममा वक्ताहरूले सर्जक संकेतको यो कृति युद्ध साहित्यमा रुचि राख्नेका लागि एक महत्वपूर्ण दस्तावेज भएको बताए ।
युद्ध साहित्यमा अहिलेसम्म महत्वपूर्ण कृति प्रकाशित नभएको भन्दै वक्ताहरुले नेपाली साहित्यमा यस कृतिको खास महत्व प्रमाणित भएको धारणा राखे । युद्धको बर्बर अवस्थाबाहेक माया, प्रेम, यौवनसहित व्यङ्ग्यका पक्षहरूहरुलाई बेजोडसँग समेट्न कृति सफल भएको वक्ताहरूको भनाइ थियो । सांग्रिला बुक्सले यो पुस्तक प्रकाशित गरेको हो । आफैं जलिरहेको देश (कविता सङ्ग्रह), एथेन्सको झरी (नियात्रा), सङ्केतका कविताहरूलगायतका कृति प्रकाशित गरिसकेका सर्जक संकेत विभिन्न पुरस्कारहरूबाट पुरस्कृत भइसकेका छन् ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- फाइनल प्रवेशका लागि रियल र बार्यन भिड्दै
- बुढ्यौलीमा चोटसँग जुधेर खेलिरहेका धोनी
- प्रमुख प्रतिपक्षीले उठाएका विषयवस्तुप्रति सरकारले बेवास्ता गरिरहेको छ – प्रमुख सचेतक लेखक
- सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक :पूर्वअर्थमन्त्री खतिवडा
- मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजश्व संकलन
- यी हुन आज शेयर बजारबाट सबैभन्दा धेरै कमाउने दश कम्पनी
- औद्योगिक विकासतर्फ अग्रसर हुन घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी छ: राष्ट्रपति पौडेल
- सिन्धुली चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण थालनी गर्न प्रधानमन्त्रीसँग माग
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया