काठमाडौं, पुस २७
नाम शंकर केसी । स्थायी ठेगाना जावालाखेल ललितपुर । डेढ दशकदेखि अमेरिकामा सेजल आईटी कम्पनी सञ्चालन गरेर सीईओको रुपमा कार्यरत छु भन्ने परिचय छ उनको । सयौं बेरोजगार नेपाली युवालाई आफ्नो कम्पनीमार्फत जागिर दिएको र आईटी क्षेत्रमा ठूलो योगदान गर्ने वातावरण तयार पारेको उनको सदावहार मुखबाट सुन्न पाइन्छ । अझ अमेरिकामा दुई बिलियन (अर्ब) डलरबराबरको सम्पत्ति र स्रोत साधन आफूसँग रहेको भन्दै धेरै चिनियाँ, भारतीय, भियतनामी, क्यानाडियनलाई आईटी क्षेत्रमा रोजगारी दिएको दाबी गर्ने केसीलाई चिन्नेहरु बताउँछन् ।
यो परिचय दिने व्यक्ति साँच्चै इमानदार र बोलीमा प्रतिबद्ध होला भन्ने जो कोहीले विश्वास गर्न सक्छ । तर यही नाममा उनी टेलिभिजन, अनलाइनमा अन्तर्वार्ता दिनेदेखि आफ्नो बढाइचढाइ आफैं भन्ने गरेको रहस्य खुलेको छ । पछिल्लो समय नेपाल बसाइमा उनले आधा दर्जन टेलिभिजन र अनलाइनमा विज्ञापन र सहयोग गर्छु भन्दै अन्तर्वार्ता दिएर फुत्त अमेरिका भागेको चर्चा जताततै छ । डिसी नेपाल, फेवा टेलिभिजन, बिजनेस प्लसलगायत केही टेलिभिजन र केही अनलाइनमा आफ्नो कम्पनीमार्फत विज्ञापन दिने भन्दै अन्तर्वार्ता दिने र त्यसपछि एकाएक सम्पर्कविहीन भएका थिए ।
पोखराको एक अनलाइन सञ्चालकले भने, ‘बिलेनियर हुँ, नेपालमा आईटीमार्फत ठूलो योगदान गर्न सक्छु, मलाई अन्तर्वार्ता दिने वातावरण मिलाइदिनुस् म लाखौंको विज्ञापन दिन्छु भनेर आश्वासन दिए । कुरा सुन्दा पत्याएर केही अनलाइन र टेलिभिजनमा अन्तर्वार्ताको वातावरण मिलाए तर जाने बेलामा भेट्नु त परै जाओस् एक शब्द पनि जान्छु नभनी भागेछन् ।’ उनले प्रधानमन्त्रीको मान्छे हुँ भन्ने बिहानदेखि बेलुकासम्म बियर पिएर यसकै नशामा बर्बराउने मात्रै रहेको बताउँदै ती सञ्चालकले भने, ‘बुझ्दै जाँदा न नेपालमा आईटी क्षेत्रमा कुनै योगदान गरेका न कुनै व्यवसायलाई सहयोग नै गरेका रहेछन्, केवल गफकै भरमा मान्छेलाई भुलाउने फटाहा पो रहेछन् ।’
उनले अमेरिकामा हुँदा नेपालमा गएर वृद्धवृद्धालाई सहयोग गर्ने, नेपाली मिडियाले मलाई खोजी खोजी आउने भन्दै गफ दिने गरेको उनकै कम्पनीमा कार्यरत एक नेपालीले बताए । नेपालमा सुनौलो पाइला लगायतलाई लाखौं सहयोग गर्छु भनेर ११ हजार लिएको उनले बताए । पछि रकम दिने बताउँदै फोटो खिचेर मिडियाबाजी गर्ने गरेको र अरु थप रकम अहिलेसम्म नपाएको गुनासो उनीहरुको छ । त्यस्तै केही वृद्धाश्रम र वृद्धलाई सहयोग गर्ने गरेको देखाएर अमेरिकामा समेत धेरैलाई दुःख दिएको उनको दाबी छ । कम्पनीमा भनेको बेला तलब नदिने, पैसा दिने बेलामा अफिसबाट निकालिदिने त धेरैलाई केसीले गरिसेकका उनको भनाइ छ । अझ अमेरिकी कानुन उल्लङ्घन गरेको आरोपमा धेरै पटक पेनाल्टी तथा जरिवाना समेत केसीको कम्पनीले तिरिसकेका छन् ।
भियतनाम, चीनमा पनि आईटी कम्पनी खोल्ने भन्दै केही त्यहाँका व्यावसायिक युवालाई समेत उनले विभिन्न बहानामा पैसा लिने र काम नगर्ने गरेको गुनासो उनकै कार्यालयमा सुनिन थालेको छ । एउटा व्यवसायको नाममा यो वा त्यो नाममा भ्रममा पार्नु वा आश्वासन दिएर दुःख दिनु केसीको नित्यकर्म नै भएको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
- भारतले हटायो प्याज निर्यात प्रतिबन्ध
- काठमाडौंमा अत्याधुनिक ल्याब खोल्ने सम्झौता
- ‘सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौँ’
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया