अजोड इन्स्योरेन्सको कारोबारमा छानबिन गरिने
काठमाडौं ।
नेपाल धितोपत्र बोर्डले अजोड इन्स्योरेन्स लिमिटेडको धितोपत्र कारोबार सम्बन्धमा अध्ययन गर्न निर्देशकको संयोजकत्वमा एक छानबिन समिति गठन गरेको छ । यही चैत १६ गते भएको कारोबारमा कैफियत देखिएको भन्दै बोर्डले उक्त छानबिन समिति गठन गरेको सहप्रवक्ता रुपेश केसीले जानकारी दिनुभयो । सो कम्पनीको हकप्रद शेयर निष्काशन गर्ने सूचना सार्वजनिक हुनु अगावै शेयर कारोबारमा वृद्धि भएको भन्दै बोर्डमा गुनासो प्राप्त भएको जनाइएको छ ।
त्यसदिनको कारोबारको अवस्था, प्रारम्भिक सुपरिवेक्षणमा देखिएको विवरण तथा कारोबारसम्बन्धी विवरण बोर्डमा पेश गर्न नेपाल स्टक एक्सचेञ्जलाई पत्राचार गरिएको बोर्डले जनाएको छ । कुनै भित्री कारोबार भएको पाइएमा नियमानुसार कारबाही अगाडि बढाइने बोर्डको भनाइ छ । धितोपत्र बजारका स्थापित मूल्य मान्यता अनुरुप बजारलाई स्वच्छ र पारदर्शी रुपमा सञ्चालन गर्न अनुरोध गर्दै बोर्डले गलत काम गर्नेलाई कारबाहीको दायरामा ल्याइने जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सर्वोच्च अदालतले सिधा कुरा डटकमबाट प्रकाशित सामग्रीमा चालेको कदमप्रति नेपाल पत्रकार महासंघको गम्भीर चासो
- सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार
- तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य
- कर्णाली प्रदेश सरकार बिस्तार
- राज्यको प्राथमिकतामा उद्यामशीलता: मन्त्री भण्डारी
- गोदावारीमा लागेको डढेलो निभाउन गएका एक व्याक्तिको मृत्यु
- दराजमै थन्किए १४ हजार थान राष्ट्रिय परिचयपत्र
- विधेयक पारित नगरी अन्त्य भयो कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया