एमाले प्रवेश गरेलगत्तै उद्योगी प्रधानलाई निगममा उपहार
काठमाडौं ।
पर्यटनमन्त्री भानुभक्त ढकालले व्यवसायी किशोर प्रधानलाई नेपाल वायुसेवा निगम सञ्चालक समिति सदस्यमा नियुक्त गरेका छन् । प्रधान विराटनगरमा आफ्नो उद्योगको कर समेत तिर्न नसकेर टाट पल्टिई सबै सम्पत्ति लिलाम भएका नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्ष पदमा पराजित भएका थिए ।
प्रधानलाई मंगलबार सञ्चालक समितिमा नियुक्त गरेको मन्त्री ढकालको सचिवालयले जनाएको छ । गत चैत ६ गते आफूसहित दुई सय ३५ जना उद्योगीहरूलाई प्रधानमन्त्रीको हातबाट टीका लगाएर एमाले प्रवेश गराउन महत्वपूर्ण भूमिका खेलेबापत प्रधानलाई ओली सरकारले पुरस्कारस्वरुप सो नियुक्ति दिएको हो ।
प्रधानले आफूसहित कांग्रेसका सभासद समेत भएका दिवाकर गोल्छाका छोरा तथा एफएनसीसीआईका वर्तमान अध्यक्ष शेखर गोल्छाका भतिजा हितेश गोल्छा, ललित अग्रवाल, सीताराम अग्रवाल, कृष्ण प्रसाईं, नरेन्द्र गुप्ता, ओमप्रकाश वंशल, जुगल किशोर धनावतलगायत दुई सय ३५ जनालाई एमालेमा प्रवेश गराएका थिए । प्रधानमन्त्रीको हातबाट एकैसाथ दुई सय ३५ जना व्यवसायी एमाले पाटीमा प्रवेश गरेको भोलिपल्ट अर्का व्यवसायी राजेश अग्रवाल सुटुक्क सोही पाटीमा प्रवेश गरेका छन् । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
- भारतले हटायो प्याज निर्यात प्रतिबन्ध
- काठमाडौंमा अत्याधुनिक ल्याब खोल्ने सम्झौता
- ‘सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौँ’
- हिमालयन बैंकद्वारा पर्सा प्रहरीलाई सहयोग
- नेपाल लाइफले मनायो २३औँ वार्षिकोत्सव
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया