कतार एयरवेज र जेटब्ल्युद्वारा रणनीतिक साझेदारी विस्तार
काठमाडौं ।
कतार एयरवेजले जेटब्ल्युसँग आफ्नो रणनीतिक कोडसेयर साझेदारीको विस्तार घोषणा गरेको छ । उक्त साझेदारीले अमेरिकी क्यारियरका यात्रुहरूलाई अन्तर्राष्ट्रिय गन्तव्यहरूको लागि यात्रा बुक गर्न थप विकल्प र सुविधा प्रदान गर्नेछ । संयुक्त राज्य अमेरिका र दोहाबीच १९ अप्रिल २०२० देखि र दोहाभन्दा बाहेकका अन्य गन्तव्यहरूको लागि १ मे २०२० देखि सञ्चालन हुने कोडसेयर उडानहरूको लागि बिक्री सुरू भइसकेको छ ।
कतार एयरवेजका प्रमुख वाणिज्य अधिकारी, थियरी एन्टिनोरीले महामारीको बाबजुद पनि कतार एयरवेजले आफ्ना रणनीतिक एयरलाइन्स साझेदारहरूसँग बलियो सम्बन्ध बनाई संयुक्त राज्यको उपस्थिति विस्तार गर्ने क्रमलाई जारी राख्दै तीव्र वृद्धि भइरहेको नेटवर्कमा एक सय ३० भन्दा बढी गन्तव्यहरू सुनिश्चित गरेको जानकारी दिए । उनले भने, ‘जेटब्ल्यूलाई हाम्रो व्यापक ग्लोबल नेटवर्कमा स्वागत गर्न पाउँदा प्रसन्न छौँ र हाम्रा अमेरिकी यात्रुहरूलाई मध्यपूर्वको सर्वोत्कृष्ट विमानस्थलबाट अधिक अन्तर्राष्ट्रिय गन्तव्यहरूको सुविधा प्रदान गर्न पाउँदा अत्यन्तै खुसी छौँ ।’
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया