काठमाडौं, पुस २८
नेपाल कस्मेटिक व्यवसायी संघको अध्यक्षमा लक्ष्मी प्रसाद पौडेल चयन भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न तेस्रो महाधिवेशनले पौडेललाई अध्यक्षमा चयन गरेको हो । पौडेल नेपाल कस्मेटिक व्यवसायी संघको संस्थापक अध्यक्ष हुन् । यस्तै संघको प्रथम उपाध्यक्षमा आनन्द प्रसाद श्रेष्ठ, महिला उपाध्यक्षमा सीता पराजुली चयन भएका छन् । संघको सचिवमा केशव ज्ञवाली, सहसचिवमा टेकबहादुर काफ्ले र कोषाध्यक्षमा ऋषिकेश तिमिल्सिना चयन भएका छन् । यस्तै संघको केन्द्रिय सदस्यमा दिनेश श्रेष्ठ, श्याम प्रसाद अधिकारी, सुभास गोयल, मुकेश अग्रवाल, सुमन गौतम, नन्दिकिशोर रिजाल र रमेश श्रेष्ठ सर्वसम्मतबाट चयन भएका हुन् ।
आगामी दुई वर्षको लागि नयाँ कार्यसमिति चयन भएको हो । मुलुकभर करिब १५ हजार कस्मेटिक व्यवसायी रहेको र उनीहरुको हकहितका लागि कस्मेटिक व्यवसायी संघ छ वर्षअघि स्थापना भएको पनि अध्यक्ष पौडेलले जानकारी दिए । मुलुकभर रहेका कस्मेटिक व्यबसायीसँगै व्युटिपार्लर सञ्चालकहरु व्यबसायी पनि यो संघमा आबद्ध रहेका छन् । संघले अघिल्लो कार्यकालमा संघलाई सघाउने विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- सर्वोच्च अदालतले सिधा कुरा डटकमबाट प्रकाशित सामग्रीमा चालेको कदमप्रति नेपाल पत्रकार महासंघको गम्भीर चासो
- सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार
- तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य
- कर्णाली प्रदेश सरकार बिस्तार
- राज्यको प्राथमिकतामा उद्यामशीलता: मन्त्री भण्डारी
- गोदावारीमा लागेको डढेलो निभाउन गएका एक व्याक्तिको मृत्यु
- दराजमै थन्किए १४ हजार थान राष्ट्रिय परिचयपत्र
- विधेयक पारित नगरी अन्त्य भयो कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया