नेपाल धितोपत्र बोर्ड र आईक्यानबीच सम्झौता
काठमाडौं ।
नेपाल धितोपत्र बोर्ड र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) बीच सूचना आदानप्रदान एवं पारस्परिक सहयोगका विषयमा सम्झौता भएको छ । सम्झौतामा बोर्डका तर्फबाट अध्यक्ष भीष्मराज ढुंगाना र आईक्यानका तर्फबाट अध्यक्ष मदनकृष्ण शर्माले हस्ताक्षर गरेका हुुन् ।
हस्ताक्षरका क्रममा बोर्ड अध्यक्ष ढुंगानाले धितोपत्र बजार, धितोपत्र व्यवसायी, सूचीकृत संगठित संस्थाको वित्तीय विवरणको ढाँचा तयार गर्दै एनएफआरएस कार्यान्वयनमा सहजीकरण गर्न, सूचीकृत कम्पनीहरूको सूचना तथा विवरण प्रवाहमा पूर्णता तथा विश्वसनीयता अभिवृद्धि गर्दै लगानीकर्ताहरूलाई पूर्ण सूचना प्रवाह गर्न सहयोग पु-याउनेलगायतका विषयहरूमा आवश्यक प्राविधिक सहयोग तथा परामर्श आदानप्रदान गर्न यो सम्झौता महत्वपूर्ण भएको बताए ।
यस्तै आईक्यानका अध्यक्ष शर्माले पछिल्लो समय बोर्डले आफ्नो क्षमता अभिवृद्धि गर्दै नियामकीय दायित्व निर्वाह गर्ने क्रममा सक्रिय रहन थालेकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा बोर्डसँग आवश्यकताअनुसार सूचना तथा जानकारी आदानप्रदान गर्न तथा प्राविधिक सहयोगका लागि आईक्यान प्रतिबद्ध रहेको बताए ।
बोर्ड तथा आईक्यानका उच्च पदाधिकारीहरूको समेत उपस्थितिमा भएको उक्त सम्झौताले आगामी दिनमा सूचीकृत संगठित संस्था, धितोपत्र व्यवसायी तथा धितोपत्र बजारका वित्तीय विवरण, सूचना तथा गतिविधिहरू थप पारदर्शी भई समग्रमा पुँजी बजार स्वच्छ, निष्पक्ष एवं पारदर्शी हुने विश्वास बोर्डले लिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम ड्रिलिङ सुरु
- धनगढी उपमहानगरद्वारा २३ करोड राजस्व सङ्कलन
- नीति तथा कार्यक्रमको लागि बिज्ञ समुह संग छलफल गर्दै मन्त्री श्रेष्ठ
- नेवार र तामाङ भाषा बागमती प्रदेशभित्र सरकारी कामकाजमा
- नेकपा एकीकृत समाजवादी संसदीय दलको बैठक नयाँबानेश्वरमा
- संरक्षण अभावमा ओझेल पर्दै चुरे क्षेत्रका प्राकृतिक ताल
- जापानी विदेशमन्त्री योको कामिकावाको भ्रमण कोशेढुंगा बनोस्
- किन लाग्छ गभर्नरमाथि पुँजीबजार विरोधीको आरोप ?
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया