चौबीसै घण्टा लाटोकोसेरो फुड डेलिभरी
चौबीसै घण्टा लाटोकोसेरो फुड डेलिभरी
काठमाडौं ।
राजधानीमा पहिलोपटक चौबीसै घण्टा लाटोकोसेरो फुड डेलिभरी सर्भिस सञ्चालनमा आएको छ । रातको समयलाई मध्यनजर गर्दै उपभोक्ताको घरदैलोमा खाना पु-याउने उद्देश्यस्वरुप लाटोकोसेरो फुड सञ्चालनमा आएको हो ।
उपभोक्ताको स्वास्थ्य तथा व्यस्त जीवनको ख्याल राख्दै चौबीसै घण्टा सेवा दिने उद्देश्य छ । उपत्यकाका जुनसुकै स्थानमा लाटोकोसेरोले सेवा दिनेछ । रातको समयमा कोही भोकै बस्न नपरोस् भन्दै आफ्नो भिन्न परिचयका साथमा अनलाइनमार्फत सेवा दिनेछ ।
लाटोकोसेरो डटकमले आफूलाई अरुभन्दा भिन्न रुपमा परिचित गराउन सुपथदर र छिटो सेवा दिने प्रतिबद्धता राखेको छ । लाटोकोसेरो डटकममा खाना खाजा बेकरी प्रोडक्ट्स, पेय पदार्थका साथै अर्डरअनुसार हरेक खाना चौबीसै घण्टा डेलिभरी गरिन्छ । लाटोकोसेरोमा उपलब्ध हुने खानाका प्रकारहरु लाटोकोसेरो डटकम अथवा ९८४७३७९८९० र ९८०१०७९८९० मा अर्डर गर्न सकिन्छ ।
कोभिड तथा लकडाउनको समयमा लाटोकोसेरोले उपत्यकाको जनसुकै ठाउँमा डेलिभरी साथै हरेक फुड र बेकरी आइटममा फ्रन्टलाइन वर्कहरु जस्तै स्वास्थ्य चिकित्सक, नर्स, हेल्थ वर्कर्स, प्रहरी, ट्राफिक प्रहरी, फार्मेसिस्ट, अस्पतालका कर्मचारी साथै कोभिडको समयमा निरन्तर खटिरहेका सम्पूर्णलाई १० प्रतिशत छुट दिने व्यवस्था रहेको कम्पनीका प्रबन्धनिर्देशक प्रज्ज्वल कुमार दाहालले जानकारी दिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया