कर बुझाउने म्याद थप गर्न नाडाको आग्रह
काठमाडौं ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले व्यवसायीहरुले कर विवरण एवं कर रकम बुझाउने म्याद थप गर्न सरकारलाई आग्रह गरेको छ ।
नयाँ भेरिएन्टको कोरोना संक्रमण नेपालमा बढ्दो क्रममा रहेकोले सरकारले आम जनताको सुरक्षाको लागि राजधानीमा निषेधाज्ञा लागू गरेकोले व्यवसायीहरुले आन्तरिक राजस्व विभागमा मूल्यअभिवृद्धि कर विवरण एवं कर रकम बुझाउनसक्ने अवस्था नरहेको नाडाको भनाइ छ ।
स्वास्थ्य रक्षाको दृष्टिकोणले पनि व्यवसायीहरु आफ्नो कार्यालयमा जानसक्ने अवस्था नरहेकोले वैशाख महिनाको २५ गतेसम्म बुझाउनुपर्ने म्याद सरकारले निषेधाज्ञा खोलेको मितिबाट एक हप्तासम्म कर तथा अन्य आवश्यक कागजातहरु बुझाउन सकिने व्यवस्था गर्न नाडाले सरकारसँग माग गरेको छ ।
त्यसैगरी नाडाले सम्पूर्ण अटोमोबाइल व्यवसायीहरुलाई आफ्ना अटोमोबाइल वर्कशपहरुमा रहेका अक्सिजन सिलिण्डरहरु अक्सिजन निर्माण उद्योगहरुमै बुझाई महामारीमा सहयोग गर्न पनि अपिल गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया