हुण्डाईद्वारा गण्डकी प्रदेश सरकारलाई ५० लाख रुपैयाँबराबरको स्वास्थ्य सामग्री हस्तान्तरण
काठमाडौं ।
नेपालको लागि हुण्डाई मोटर्सको एक मात्र आधिकारिक बिक्रेता लक्ष्मी हुण्डाईले गण्डकी प्रदेश सरकारलाई ५० लाख रुपैयाँबराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कम्पनीले हुण्डाई मोटर कम्पनी कोरियाको सौजन्यमा कोभिड–१९ उपचारका बेला चाहिने पीपीईलगायतका आवश्यक स्वास्थ्य सामग्रीहरु गण्डकी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयलाई शुक्रबार एक कार्यक्रमबीच हस्तान्तरण गरेको हो ।
हाल विश्व भरी फैलिँदै गरेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाममा मद्दत गर्नका लागि सो स्वास्थ्य सामग्रीहरु प्रदान गरिएको कम्पनीले जनाएको छ । यसको मूल उद्देश्य आवश्यक परेका बिरामीहरुलाई समयमा र सही तरिकाले उपचार प्रदान गर्नु रहेको छ ।
लक्ष्मी हुण्डाईले सधैँ यस्ता परोपकारी उद्देश्यहरुलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गर्दै आइरहेका छन् । यसअघि लक्ष्मी ग्रुपले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा एक करोड रुपैयाँ सहयोग गर्नुका साथै फिबर क्लिनिक स्थापनाको लागि पनि सहयोग गरेको थियो । लक्ष्मी हुण्डाई लक्ष्मी ग्रुपको भगिनी संस्था हो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी
- महिला चेम्बरद्वारा संस्थापक अध्यक्ष शाक्यलाई सम्मान
- ‘ग्रिल तथा स्टिलजन्य व्यवसायको प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध’
- कर्णाली प्रदेशकै पहिलो चार तारे होटल
- एलिट क्यापिटल र रिलायन्स फाइनान्सबीच सम्झौता
- क्रेस्ट माइक्रोलाइफ र एनआईएमबी एस क्यापिटलबीच सम्झौता
- सिटिजन्स बैंकद्वारा फातिमा फाउन्डेसन नेपाललाई सिलाइ मेसिन प्रदान
- ज्योति विकास बैंकद्वारा अग्निपीडित परिवारलाई राहत सामग्री प्रदान
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया