Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकामना सेवा विकास बैंक र ओम्नी मोटर्सबीच सम्झौता

कामना सेवा विकास बैंक र ओम्नी मोटर्सबीच सम्झौता


काठमाडौं, माघ १
कामना सेवा विकास बैंक लिमिटेड र ओम्नी मोटर्स प्रालिबीच व्यापार सम्झौता भएको छ । सम्झौता अनुसार ओम्नी मोर्टस प्रालिमार्फत सिफारिस भई अएका ग्राहकहरूले बैंकका सबै शाखा कार्यालयहरूबाट सहज र छरितोरूपमा भारत बेञ्ज ब्राण्डका विभिन्न प्रकारका सवारी साधनहरूमा कर्जा सुविधा लिन सक्नेछन् । सम्झौतामा बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र ओम्नी मोटर्स प्रालिको तर्फबाट निर्देशक उदयन काब्राले हस्ताक्षर गरेका छन् ।

बैंकले हाल देशका विभिन्न स्थानमा एक सय १४ वटा शाखा तथा ६० वटा एटीएममार्फत ग्राहकहरूलाई आफ्नो सेवाहरू प्रदान गर्दै आएको छ । साथै बैंकले एबीबीएस, एसएमएस बैंकिङ, मोबाइल बैैकिङलगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवाहरू उपलब्ध गराउँदै आएको तथा समयसापेक्ष आफ्ना सेवाहरू थप गर्दै जाने बैंकको योजना रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया