राइड सेयरिङ कम्पनी इजी ट्याक्सीको निःशुल्क शिक्षा तथा राहत कार्यक्रम घोषणा
काठमाडौं ।
राइड सेयरिङ कम्पनी इजी ट्याक्सी नेपालले काठमाडौं उपत्यकामा सञ्चालनमा रहेका स्वरोजगार व्यवसायी तथा ट्याक्सी चालक मजदुरहरुको परिवारको लागि निःशुल्क शिक्षा सामग्री तथा राहत कार्यक्रमको घोषणा गरेको छ ।
दोस्रो एम्बुलेन्सको रुपमा काम गरिरहेका उपत्यकामा सञ्चालनमा रहेका ट्याक्सीहरुको व्यवसायाय व्यवस्थित र मर्यादित तथा समयसापेक्षरुपमा सञ्चालन गर्नको लागि सक्रिय रहेको यस इजी ट्याक्सीले अहिलेको अवस्थामा राहत कार्यक्रम ल्याएको हो । कोरोना भाइरसको महामारीले यो व्यवसाय हालको समयमा उठ्न नसक्ने गरी एकदमै धराशायी अवस्थामा पुगेको छ । इजी ट्याक्सी नेपालका अनुसार केही ट्याक्सी चालकहरुको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ ।
यस दुःखद घडीमा उनीहरुको परिवारलाई केही सहयोग पुर्याउने उद्देश्यले परिवारको एक जना बालबालिकालाई दश कक्षासम्मको पढाइ खर्च व्यहोरी सहयोग गर्ने इजी ट्याक्सी नेपालका सञ्चालक संजीत पौडेलले बताए । कोही बालबालिका शिक्षाबाट वञ्चित हुन नपरोस् भन्नको लागि यस प्रकारको सहयोग गरिएको उनको भनाइ छ । उनले भने, ‘यस कोरोना महामारीले गर्दा आफ्नो दैनिक जीवनयापन गर्न समस्या परेकाहरुका लागि सहयोग पु-याउने उद्देश्यले कोरोना राहत कार्यक्रम पनि सञ्चालन गरिएको छ । यस प्रकारको सेवा लिनको लागि इजी ट्याक्सी नेपालको वेबसाइटमा गएर नाम ठेगाना, फोन नम्बर राख्नुपर्ने हुन्छ ।’
‘यस कोरोना महामारी हामी सबैको साझा चुनौती हो, सबै मिली आपसी सहयोगको भावनाले आफूले सक्नेसम्मको सहयोग गर्ने हो । त्यही हिसाबले हामीले ट्याक्सी चालक परिवारहरुलाई केही सहयोग होस् भनेर राहत घोषणा गरेका हौँ’, पौडेलले भने । इजी ट्याक्सी नेपालले यसभन्दा अगाडि पनि चालकहरुको कोरोना बीमा, सवारीसाधनको बीमामा छुटको व्यवस्था, मृतक चालकको परिवारलाई आर्थिक सहयोग लगायत अन्य थुप्रै राहत तथा आर्थिक सहयोग कार्यक्रम सञ्चालन गरिरहेको छ ।
आगामी दिनहरुमा काठमाडौं महाानगरपालिका विभिन्न सरोकारवाला निकाय संघ÷संस्था तथा विभिन्न संगठनसँग मिलेर यस व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउनका साथै अन कल तथा अनलाइनको माध्यमबाट सेवा सञ्चालन गर्ने गरी काम गरिरहेको इजी ट्याक्सी नेपालले जनाएको छ । यस व्यवसायमा आबद्ध रहेका स्वरोजगार तथा मजदुर चालकहरुलाई सामाजिक सुरक्षा कोषको अवधारणामा सामेल गराई राज्यले प्रदान गर्ने सुविधा समेत ग्यारेन्टी गराउनेतर्फ इजी ट्याक्सी नेपाल लागिरहेको पनि जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया