ओप्पो अपरेटर्सद्वारा सञ्चालनमा ल्याइएको पान—इन्डष्ट्री इको रेटिङ लेबलिङ स्किमको पार्टनर
काठमाडौँ ।ओप्पोले आफ्नो मिसन ‘टेक्नोलोजी फर म्यानकाइन्ड, काइन्डनेस फर दि वल्र्ड’अन्तर्गत नयाँ कदम चाल्दै दिगो भविष्यको आशाका साथ सञ्चालनमा ल्याइएको पान—इन्डष्ट्री इको रेटिङ लेबलिङ स्किमको पहिलो मध्यको पार्टनरको सूचीमा सम्मिलित भएको छ ।
सन् २०२१ जुनदेखि यो स्किम युरोपभर लागू गरिने कम्पनीले जनाएको छ । यसले उपभोक्तालाई वातावरण सुरक्षा तथा दिगोपनका बारेमा सचेतना जगाउँदै सर्वाधिक टिकाउ स्मार्टफोनहरुबीच तुलना र पहिचान गर्न सघाउनेछ ।
युरोपका पाँच अग्रणी मोबाइल अपरेटर्स डच टेलिकम, अरेन्ज, टेलिफोनिका, टेलिया कम्पनी र भोडाफोनद्वारा संयुक्तरुपमा इको रेटिङ इनिसिएटिभ सञ्चालनमा ल्याएका हुन् ।
यसको मूल उद्देश्य स्मार्टफोन तथा फिचरफोनको उत्पादन, प्रयोग, परिवहन र डिस्पोजलले पार्ने वातावरणमाथिको असरका बारेमा सही र सटिक जानकारी उपलब्ध गराउनु हो । यस पहलको समर्थनका लागि ओप्पोले पहिलोमध्येकै एक सहभागी बन्दै समानान्तर मूल्यांकनको तरिका अवलम्बनका लागि सल्लाह सुझावका साथै डाटा पनि उपलब्ध गराएको छ । प्रक्रियाअन्तर्गत विस्तृत मूल्यांकनमार्फत हरेक स्मार्टफोन ह्याण्डसेटलाई तिनले आफ्नो जीवनचक्रका दौरान प्रदर्शित गर्ने वातावरणीय परफरमेन्सका आधारमा पूर्णांक सय मध्येबाट इको रेटिङ स्कोर प्रदान गरिन्छ ।
उपकरणलाई दिइने इको रेटिङ लेबलले टिकाउपन, मर्मत योग्यता, रिसाइकलेबिलिटी, क्लाइमेट इफिसिएन्सी र रिसोर्स इफिसिएन्सी गरी पाँच पक्षको प्रतिनिधित्व गर्छ । औद्योगिक पार्टनर्ससँगको सहकार्यका साथै ओप्पो आफैँ पनि दिगो संसार निर्माणको जिम्मेवारी बोक्दै सबैको सुन्दर भविष्य लागि अग्रगामी भूमिका निर्वाह गरिरहेको छ । कम्पनीले डिजाइनिङदेखि प्याकेजिङलगायत हरसम्भव प्रक्रियामा सस्टेनेबल उत्पादन प्रक्रिया अपनाउँदै आएको छ ।
सन् २०१९ को तुलनामा ओप्पोले वजनका आधारमा सन् २०२० मा १३ गुणा बढी उत्पादन रिसाइकल गरेको छ । उदाहरणका लागि ओप्पोका प्याकेजिङ ४५ प्रतिशत रिन्युएबल फाइबर्सको प्रयोग गरिन्छ । त्यसैगरी ओप्पोले आफ्नो जेनरल वेस्टमा ४२ दशमलव ७ प्रतिशत र इन्डाइरेक्ट ग्रिनहाउस ग्यास उत्सर्जनमा २० प्रतिशतले कटौती ल्याएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी
- महिला चेम्बरद्वारा संस्थापक अध्यक्ष शाक्यलाई सम्मान
- ‘ग्रिल तथा स्टिलजन्य व्यवसायको प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध’
- कर्णाली प्रदेशकै पहिलो चार तारे होटल
- एलिट क्यापिटल र रिलायन्स फाइनान्सबीच सम्झौता
- क्रेस्ट माइक्रोलाइफ र एनआईएमबी एस क्यापिटलबीच सम्झौता
- सिटिजन्स बैंकद्वारा फातिमा फाउन्डेसन नेपाललाई सिलाइ मेसिन प्रदान
- ज्योति विकास बैंकद्वारा अग्निपीडित परिवारलाई राहत सामग्री प्रदान
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया