बृहत् पर्यटन पुनरुत्थान योजना ल्याउन माग
काठमाडौँ । होटल व्यवसायीहरूको छाता संगठन होटल एसोसिएसन अफ (हान) ले कोभिड–१९ महामारीले नराम्रोसँग थला परेको पर्यटन क्षेत्रको संरक्षण तथा पुनरुत्थानका लागि बृहत् योजना ल्याउन माग गरेको छ । हानले एक विज्ञप्ति जारी गर्दै कोभिड महामारीको पहिलो लहरबाट थलिएको होटल उद्योग पुनः सञ्चालन हुन नपाउँदै नयाँ कोरोनाको भेरिएन्टको कारण सबैभन्दा बढी प्रभावित उद्योगको पुनरुत्थानका लागि बजेट तथा नीति तथा कार्यक्रममा सम्बोधन गर्न अनुरोध गरेको हो ।
कोभिडका कारण पूर्णरूपमा बन्द रहेको व्यवसाय लामो समयदेखिको ऋणात्मक भएको कारण नियमित दायित्व वहन गर्न असम्भव भएकोले राज्यको तर्फबाट चालू आवको बजेटमा उपलब्ध गराइएका सुविधा दोब्बर गर्दै बजेट, नीति तथा कार्यक्रमलाई प्राथमिकता दिन हानले आग्रह गरेको छ ।
होटल उद्योगको भूमिकालाई केन्द्रमा राखी सबैभन्दा बढी लगानीसहित राष्ट्रिय समृद्धिमा उल्लेखनीय योगदान दिई अन्तर्राष्ट्रिय गरिमा अभिवृद्धि गर्ने होटल तथा पर्यटन उद्योगलाई आव २०७८÷०७९ को बजेटमार्फत हानले माग गरेअनुसारका कार्ययोजनाका लागि कोभिड विशेष पर्यटन पुनरुत्थान कोष र पर्यटन सहजीकरण कोषसहित आर्थिक योजना लागू गर्न हानले माग गरेको छ ।
कोभिड महामारी समाप्त हुनेबित्तिकै तुरुन्त होटल तथा पर्यटन पूर्ववत् अवस्थामा फर्किने अवस्था नहुने हुँदा बजेटको पहिलो प्राथमिकता प्रभावित उद्योगको रूपमा यसको संरक्षण र सम्वद्र्धनमा केन्द्रित हुन आग्रह गरिएको छ । विशेष सहुलियतसहित कर, छुट र मिनाहासम्बन्धी व्यवस्था, बैंकिङ सहुलियत, विद्युत् महसुल तथा शुल्क, आर्थिक दायित्व स्थगन, कर्मचारी तथा श्रमिक कल्याण योजना, आन्तरिक पर्यटन प्रवद्र्धनलगायत कार्यक्रम ल्याउन हानले विज्ञप्तिमा अनुरोध गरिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया