काठमाडौं ।
सरकारले कोरोना परीक्षणको दर घटाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार दिउँसोदेखि शनिबार दिउँसोसम्मको २४ घण्टाको अवधिमा आरटी पीसीआर विधिबाट ११ हजार पाँच सय ४० जनाको मात्र कोरोना परीक्षण गरिएको छ भने एन्टिजेन विधिबाट पाँच हजार तीन सय ४३ जना गरी १६ हजार आठ सय १४ जनाको कोरोना परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट परीक्षण गराउँदा तीन हजार पाँच सय ४० र एन्टिजेन विधिबाट परीक्षण गराउँदा एक हजार पाँच सय दुई जनामा कोरोना संक्रमण देखिएको छ । यसअघि शुक्रबार पीसीआर र एन्टिेजन गरी २० हजार आठ सय १३ जनाको कोरोना परीक्षण गरिएको थियो । थोरै परीक्षण गर्दा पनि काठमाडौं जिल्लामा सात सय २३ जना शनिबार मात्र कोरोना संक्रमित भएका छन् ।
शनिबार देशभर कोरोनाबाट थप ६८ जनाको मृत्यु भएको छ । योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या सात हजार सात सय ९९ जना पुगेको छ । नेपालमा शनिबार आठ हजार दुई सय ४३ जना निको भएका छन् ।
सरकारले कोरोना पोजेटिभ देखिएका व्यक्तिहरुको मृत्यु नभएको देखिएमा ११ दिनपछि उक्त व्यक्ति कोरोनाबाट मुक्त भएको मानेर कोरोनामुक्त हुनेहरुको तथ्यांक निकाल्ने गरेको छ । कतिपय व्यक्तिमा २० दिनपछि पनि कोरोना देखिने गरेको छ । तर, सरकारले भने उनीहरुको नाम निको हुनेमा निकालिसकेको हुन्छ । नेपालमा शनिबारसम्म कोरोना संक्रमितको संख्या ९२ हजार नौ सय २८ जना मात्र रहेको स्वास्थ्य मन्त्रालयको अनुमान छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- क्षत्रपाटीमा पत्रकार रिजालमाथि आक्रमण प्रयास
- सर्वोच्च अदालतले सिधा कुरा डटकमबाट प्रकाशित सामग्रीमा चालेको कदमप्रति नेपाल पत्रकार महासंघको गम्भीर चासो
- सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार
- तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य
- कर्णाली प्रदेश सरकार बिस्तार
- राज्यको प्राथमिकतामा उद्यामशीलता: मन्त्री भण्डारी
- गोदावारीमा लागेको डढेलो निभाउन गएका एक व्याक्तिको मृत्यु
- दराजमै थन्किए १४ हजार थान राष्ट्रिय परिचयपत्र
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया