पुष्पतारा केडिया सेवा फाउण्डेसनद्वारा परिसंघ र चेम्बरको कोभिड फण्डमा आर्थिक सहयोग
काठमाडौं ।
पुष्पतारा केडिया सेवा फाउण्डेसनले नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सको कोभिड फण्डमा आर्थिक सहयोग प्रदान गरेको छ । केडिया अर्गनाइजेसनअन्तर्गत पुष्पतारा केडिया सेवा फाउण्डेसनले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोभिड– १९ बाट सृजित वर्तमान अवस्थालाई मध्यनजर गर्दै परिसंघद्वारा गठित कोभिड फण्डमा पाँच लाख रुपैयाँ र चेम्बरको कोभिड फण्डमा दुई लाख रुपैयाँ सहयोग गरेको हो ।
फाउण्डेसनद्वारा सहयोग गरिएको सो रकमले अक्सिजन सिलिन्डर, मास्क, स्यानिटाइजर पीपीई खरिद तथा व्यवस्थापनको लागि एक महत्वपूर्ण योगदान हुने विश्वास लिएको छ ।
कोभिड १९ को महामारीमा यस फाउण्डेसनद्वारा प्रदान गरिएको सो सहयोग रकम सम्बन्धित स्थानमा चाँडोभन्दा चाँडो पुगी आम जनतालाई राहत पुग्नेछ फाउण्डेसनद्वारा जारी विज्ञप्तिमा भनिएको छ । पुष्पतारा केडिया सेवा फाउण्डेसन स्वास्थ्य, शिक्षा, खेलकुद एवं सांस्कृतिक उत्थानको लागि कार्य गर्ने उद्देश्यका साथ स्थापना गरिएको एवं गैरनाफामूलक सामाजिक संस्थाको रुपमा सक्रियताका साथ यस क्षेत्रमा कार्य गर्दै आइरहेका छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया