भूकम्प सुरक्षा प्रदर्शनीसँग जगदम्बा सिमेन्टको सहकार्य
काठमाडौं, माघ ५
भूकम्प सुरक्षा प्रदर्शनीसँग जगदम्बा सिमेन्टले सहकार्य गरेको छ । सरकार तथा एनसेट नेपाल (नेसनल सोसाइटी फोर अर्थक्वेक टेक्नोलोजी–नेपाल) द्वारा २०७६ माघ २ गतेदेखि ४ गतेसम्म काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना गरिएको ‘भूकम्प सुरक्षा प्रदर्शनी’ कार्यक्रममा जगदम्बा सिमेन्टले प्रत्यक्ष रुपमा सहकार्य गरेको हो ।
विश्वका भूकम्पीय जोखिमयुक्त देशहरु मध्ये नेपाल पनि एक हो । नेपालमा विभिन्न कालखण्डमा शक्तिशाली भूकम्पहरु गइरहेको कुरा तथ्यांकले देखाएको छ । २०७२ वैशाख १२ गतेको महाभूकम्पपछि आमजनताहरुमा भूकम्पप्रतिको सजगता अझै बढ्दै गइरहेको छ । ‘भूकम्प प्रतिरोधात्मक सुरक्षित निर्माणमा साथ छ जगदम्बा सिमेन्टको’ भन्ने मूलमर्मका साथ यस प्रदर्शनीमा जगदम्बा सिमेन्टले आफ्नो गुणस्तरीय उत्पादनको प्रदर्शनका साथसाथै कसरी सुरक्षित निर्माण बनाउने भन्नेबारे जानकारी समेत प्रदान गरेको थियो ।
कुनै पनि संरचनाको निर्माण गर्दा विशेष गरी ३ कुराहरुलाई विशेष ध्यान दिनुपर्ने हुन्छ, उपयुक्त डिजाइन, गुणस्तरीय निमार्ण सामग्रीको छनोट र निर्माणकार्यमा कुशलता । ‘भूकम्प प्रतिरोधात्मक बनाउनुहोस् आफ्नो नयाँ घर’ पुस्तिका ‘जगदम्बा सिमेन्ट प्रयोग विधि’जस्ता पुस्तिकाहरु वितरण गरी आम उपभोक्तालाई सिमेन्ट, बालुवा, गिटी, पानी, छड लगायत निर्माणमा प्रयोग हुने वस्तुहरुको छनोट, भण्डारणसम्बन्धी जानकारी दिइएको थियो ।
बदलिँदो समय र उपभोक्ताको मागलाई मध्यनजर गर्दै जगदम्बा सिमेन्टले एक्काईसौँ शताब्दीमा निर्माणलाई जोखिमयुक्त नबनाउन गुणस्तरीय बस्तुको छनौट गर्नुपर्ने कुरामा जोड दिइएको थियो । जगदम्बा सिमेन्ट आफ्नो डिलरवर्ग, ग्राहकवर्ग, उपभोक्तालाई सूचित गर्न यस्ता जन उत्तरदायी कार्यक्रमहरुमा सदा लाग्ने र भूकम्प प्रतिरोधात्मक सुरक्षित निर्माण तथा सचेतना अभिवृद्घिमा सदैव प्रतिबद्ध रहने कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया