कमान्ड कोर्सले सशस्त्र प्रहरीलाई व्यावसायिक बनाउने विश्वास
काठमाडौँ ।
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले एपीएफ कमान्ड तथा स्टाफ कोर्सले सशत्र प्रहरीलाई इमान्दार, नैतिकवान, कर्तव्यनिष्ठ र साङ्गठानिक विकासमा योगदान पु-याउन सक्ने गरी पूर्ण व्यावसायिक बनाउन सहयोग गर्ने बताएका छन् ।
छैठौँ एपीएफ कमान्ड तथा स्टाफ कोर्सको आज सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा भएको उद्घाटन समारोहमा महानिरीक्षक खनालले मुलुकमा आइपर्ने सुरक्षा चुनौतीलाई विश्लेषण गरी योजनाबद्ध कार्यसम्पादन गर्न उक्त तालिमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
सशस्त्र प्रहरीले सङ्गठनमा आबद्ध अधिकृतको नेतृत्व क्षमता र दक्षता विकास गरी जनशक्ति विकासमा गुणात्मक फड्को मार्ने उद्देश्यकासाथ उक्त कोर्स सुरु गरिएको हो । उनले राष्ट्र र नागरिकले चाहे जस्तो सेवा प्रवाहमा तालिम प्राप्त अधिकृतले कार्य क्षेत्रमा खटिई उल्लेख्य योगदान पु-याउँदै आईरहेको स्मरण पनि गरे ।
मुलुकको राष्ट्रिय आकांक्षा ‘समृद्ध नेपाल सुखी नेपाली’को अवधारणा साकार पार्न, सीमा सुरक्षा, शान्ति सुरक्षा, विपद्बाट नागरिकको सुरक्षा र उद्वारका साथै राष्ट्रियता र सार्वभौमसत्ताको रक्षामा सशस्त्र प्रहरी अहोरात्र खटिँदै आएको समेत उनले जानकारी गराए । उनले शान्ति सुरक्षाको माध्यमबाट विकासको वातावरण निर्माण गर्ने कार्यमा आफ्नो ठाउँबाट योगदान पु-याइरहेको तथा त्यसका लागि सङ्गठनलाई आजको उचाइसम्म पु-याउन योगदान पु-याउनुहुने सङ्गठनका अग्रजको योगदानको समेत स्मरण गरे ।
महानिरीक्षक खनालले उच्च शिक्षाले सुशासनको आधारभूत जग निर्माण गर्ने उल्लेख गर्दै अध्ययनशील र अझै बढी मेहनती भई लाग्न प्रशिक्षार्थी अधिकृतलाई निर्देशन दिए । समारोहमा त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायका डिन प्राडा कुसुम शाक्यले अन्तर्राष्ट्रियस्तरको एपीएफ कमान्ड तथा स्टाफ कोर्स सञ्चालनमा सशस्त्र प्रहरी बल नेपालसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा चुनौती तथा सुरक्षा रणनीति, द्वन्द्व व्यवस्थापन, संयुक्त राष्ट्रसंघीय पद्धति, नेतृत्व र विकास, चुस्त तथा व्यवस्थित रुपमा फौजको परिचालन, सीमा भन्सार तथा औद्योगिक सुरक्षा, विशिष्ट व्यक्ति तथा महत्वपूर्ण प्रतिष्ठानको सुरक्षा, विपद् व्यवस्थापन, विकास र शान्ति लगायतका विविध विषय समेटिएको छ ।
एपीएफ कमान्ड तथा स्टाफ कलेज २०७१ फागुन २० गते स्थापना भएको हो । उक्त कोर्स त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायमा सुरक्षा, विकास र शान्ति अध्ययनमा स्नातकोत्तर तहमा रहेको छ । एक वर्ष छ महिना अवधिको उक्त अध्ययनमा कायम मुकायम सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दुई र सशस्त्र प्रहरी नायब उपरीक्षक आठ जना अधिकृतको सहभागिता छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
- भारतले हटायो प्याज निर्यात प्रतिबन्ध
- काठमाडौंमा अत्याधुनिक ल्याब खोल्ने सम्झौता
- ‘सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौँ’
- हिमालयन बैंकद्वारा पर्सा प्रहरीलाई सहयोग
- नेपाल लाइफले मनायो २३औँ वार्षिकोत्सव
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया