Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारवेष्ट फाइनान्सद्वारा हेलम्बुवासीलाई ४८ थान सोलार प्यानल सहयोग

वेष्ट फाइनान्सद्वारा हेलम्बुवासीलाई ४८ थान सोलार प्यानल सहयोग


काठमाडौँ ।
वेष्ट फाइनान्स कम्पनीले सिन्धुपाल्चोकको हेलम्बुवासीलाई ४८ थान सोलार प्यानल सहयोग गरेको छ । फाइनान्सका अनुसार यही असार १ गते सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीले पु-याएको क्षतिका कारण त्यस क्षेत्रमा बिजुली बन्द भएको र उज्यालोबाट वञ्चित विपत्मा परेका हेलम्बु क्षेत्रका जनतालाई तत्काल राहत दिने उद्देश्यले ४८ थान सोलार प्यानल हेलम्बु गाउँपालिकाको कार्यालयलाई हस्तान्तरण गरिएको हो ।

फाइनान्सको टोली सिन्धुपाल्चोकको हेलम्बु नै पुगेर उक्त सहयोग प्रदान गरेको थियो । काठमाडौँको कमलादीमा प्रधान कार्यालय रहेको वेष्ट फाइनान्स कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत हेलम्बुवासीलाई यो सहयोग गरेको र भविष्यमा पनि यस किसिमका सहयोगलाई निरन्तरता दिने जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया