निशान इन्डियाको नयाँ म्याग्नाइट नेपालसहित अन्तर्राष्ट्रिय बजारमा निर्यात
काठमाडौं ।
निशान इन्डियाले आफ्नो नयाँ उत्पादन निशान म्याग्नाइट नेपाल, इन्डोनेसिया, दक्षिण अफ्रिकामा निर्यात गर्ने घोषणा गरेको छ । यो नयाँ पुस्ताको उत्पादन सन् २०२० को डिसेम्बरमा प्रारम्भ गरिएको थियो र सन् २०२१ को मे महिनासम्म १५ हजार १० वटा निशान म्याग्नाइट पूर्णरुपमा तयार गरिसकेको थियो । आधुनिक प्रविधि र आकर्षणयुक्त यो सवारीसाधनमध्ये १३ हजार सात सय ९० वटा भारतीय बजारमा गइसकेको थियो भने एक हजार दुई सय २० वटा निर्यात गरिएको थियो ।
‘मेक इन इन्डिया, मेक फर वल्र्ड’ अवधारणासहित निर्माण गरिएको यो नयाँ सवारीसाधन भारतमा सफलतापूर्वक विस्तार गर्नुका साथै निर्माण भएको ३० दिनमा नेपालमा सात सय ६० भन्दा बढी बुकिङ्ग भएकोले यसले निर्धारण गरेको मासिक बिक्री एक हजार पाँच सय ८० पूरा हुने विश्वास गरिएको छ ।
नयाँ उत्पादनको विशेषता र यसको सफल भविष्यबारे आफ्नो धारणाा व्यक्त गर्दै निशान मोटर इन्डिया प्रालिका अध्यक्ष सिनान ओजकोकले भने, ‘भारतीय उपभोक्ताहरुले यसको नमूना र नयाँ प्रविधिलाई अत्यन्त रुचाएका छन् र भविष्यमा यसले आफ्नो बजार आक्रामकरुपमा अगाडि बढाउनेछ ।’ उनले ‘मेक इन इन्डिया, मेक फर वल्र्ड’ अवधारणाले विश्व बजारमा पनि उपभोक्ताले रुचाउने र राम्रो बजार पाउने पनि विश्वास व्यक्त गरे । जति जति उपभोक्ताले आफ्नो प्रयोगमा ल्याउँछन्, त्यति नै यसको माग बढ्दै जाने उनको धारणा छ । निशान म्याग्नाइट जति जति उत्पादन बढाइँदै जान सक्यो त्यति नै विश्व बजारमा यसको माग पनि बढ्दै जानेछ ।
प्रारम्भिक अवस्थामा नै यसको गुणस्तरले जसरी आकर्षण देखापरेको छ, यसले निशान म्याग्नाइटको बजार विस्तार हुने निश्चित छ । निशान मोटर इन्डिया प्रालि जापानको निशान मोटर कम्पनीको शतप्रतिशत सहायक कम्पनी हो र सन् २००५ देखि भारतमा उत्पादन थालेको हो । यसको कारखाना चेन्नईमा रहेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया