युनियन लाइफले ६४ करोड ५० लाख रुपैयाँको साधारण सेयर जारी गर्ने
काठमाडौं ।
युनियन लाइफ इन्स्योरेन्स कम्पनीले ६४ करोड ५० लाख रुपैयाँबराबरको साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले यही असार २४ गतेबाट एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ६४ लाख ५० हजार कित्ता साधारण जारी जारी गर्न लागेको हो ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा प्रभुु क्यापिटल लिमिटेड रहेको कम्पनीको सेयर बिक्री कार्य छिटोमा यही असार २८ गते र ढिलोमा साउन सात गते बन्द हुुनेछ । खरिदकर्ताहरूले न्यूनतम १० देखि अधिकतम तीन हजार दुुई सय ५० कित्तासम्मको सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।
बिक्री गरिने कुल सेयरमध्येमा पाँच प्रतिशत अर्थात् तीन लाख २२ हजार पाँच सय कित्ता कर्मचारीहरूको लागि, पाँच प्रतिशत अर्थात् तीन लाख २२ हजार पाँच सय कित्ता सामूहिक लगानी कोषको लागि र बाँकी ५८ लाख पाँच हजार कित्ता भने सर्वसाधारणको लागि छुट्याइएको छ ।
अधिकृत पुँजी दुई अर्ब १५ करोड रुपैयाँ रहेको कम्पनीको जारी पुँजी पनि दुई अर्ब १५ करोड रुपैयाँ नै रहेको छ । कम्पनीमा संस्थापक सेयरधनी समूहको ७० प्रतिशत र सर्वसाधारण सेयरधनी समूहको ३० प्रतिशत सेयर स्वामित्व रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सर्वोच्च अदालतले सिधा कुरा डटकमबाट प्रकाशित सामग्रीमा चालेको कदमप्रति नेपाल पत्रकार महासंघको गम्भीर चासो
- सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार
- तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य
- कर्णाली प्रदेश सरकार बिस्तार
- राज्यको प्राथमिकतामा उद्यामशीलता: मन्त्री भण्डारी
- गोदावारीमा लागेको डढेलो निभाउन गएका एक व्याक्तिको मृत्यु
- दराजमै थन्किए १४ हजार थान राष्ट्रिय परिचयपत्र
- विधेयक पारित नगरी अन्त्य भयो कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया