टीभीएसको ‘साथ छ हाम्रो’ योजना सार्वजनिक
काठमाडौं ।
नेपालमा टीभीएस टु–ह्विलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘साथ छ हाम्रो’ योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत टीभीएसको कुनै पनि मोटरसाइकल वा स्कुटरको खरिदमा आठ हजार पक्कापक्की डिस्काउन्टको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
यसैगरी किस्ताबन्दीमा मोटरसाइकल वा स्कुटर किन्न इच्छुक व्यक्तिहरुको लागि सीमित अवधिसम्म शून्य प्रतिशत ब्याजदरको समेत विशेष सुविधा रहेको छ । आउँदो केही समयमा नयाँ आर्थिक वर्षको सुरुवात र कर प्रणालीमा वृद्धि जस्ता कारणले मोटरसाइकल र स्कुटर दुवैको दाम बढ्ने सम्भावना ज्यादा रहेकोले पुरानै र सस्तो मूल्यमा नयाँ साधन किन्ने यो योजना अन्तिम अवसर रहेकाले पनि ग्राहकमा यो योजना निकै आकर्षक रहेको कम्पनीको दाबी छ ।
यस योजना देशका सम्पूर्ण टीभीएस शोरुमहरुमा लागू हुने पनि कम्पनीले जनाएको छ । टीभीएसका सम्पूर्ण मोटरसाइकल वा स्कुटरमा पाँच वर्षको वारेन्टी रहेको छ । साथै आफ्नो गुणस्तरीय सेवा, सुविधा र पार्टपुर्जाको उपलब्धताका कारण पनि नेपाली अटोमोबाइल प्रेमीमाझ टीभीएस एउटा भरपर्दो नाम बनिसकेको कम्पनीको दाबी छ । टीभीएसले समयअनुरुप ग्राहकको आवश्यकता र परिस्थितिअनुसार समय–समयमा विभिन्न योजना तथा एक्सचेन्ज कार्यक्रमहरु समेत गर्दै आइरहेको टीभीएसले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- सर्वोच्च अदालतले सिधा कुरा डटकमबाट प्रकाशित सामग्रीमा चालेको कदमप्रति नेपाल पत्रकार महासंघको गम्भीर चासो
- सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार
- तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य
- कर्णाली प्रदेश सरकार बिस्तार
- राज्यको प्राथमिकतामा उद्यामशीलता: मन्त्री भण्डारी
- गोदावारीमा लागेको डढेलो निभाउन गएका एक व्याक्तिको मृत्यु
- दराजमै थन्किए १४ हजार थान राष्ट्रिय परिचयपत्र
- विधेयक पारित नगरी अन्त्य भयो कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया