दक्षिण अफ्रिकी पूर्वराष्ट्रपतिद्वारा आत्मसमर्पण
केप टाउन ।
दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जाकोब जुमाले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । अदालतको मानहानि गरेको अभियोगमा उनलाई अदालतले १५ महिने जेल सजाय तोकेको छ । प्रहरीले पक्राउ गर्न लागेको भन्दै खवर पाएपछि उनले आत्मसमर्पण गरेको जनाइएको छ ।
स्थानीय समयअनुसार बुधवार अबेर उनी आफ्नो निवासनजिकै रहेको जेल पुगेको उनीनिकटका अधिकारीहरुले जानकारी दिएका छन । उनलाई समय तोकेर आत्मसमर्पण गर्न निर्देशन दिएकोमा समयावधि सकिनै लाग्दा मात्रै उनले आत्मसमर्पण गरेका हुन् ।
सन् २०१८ मा आफ्नै दलले पदबाट बाहिरिन बाध्य पारेका ७९ वर्षीय जुमाका अझै पनि हजारौँ समर्थक रहेका छन् । उनी आफैँ आत्मसमर्पणका लागि गएको विषयलाइ उनका समर्थकहरुले इमानदारितापूर्वक अदालतको आदेश पालना गरेको रुपमा व्याख्या गरेका छन् ।
उनकी छोरीले पनि अदालतको आदेश पालनाका लागि आफ्ना पिता जाँदै गरेको र उनको मनोवल उच्च रहेको सामाजिक सञ्जालमा लेखेकी छिन् । उनलाई आफ्नो नौ वर्षे कार्यकालमा भएको भ्रष्टाचारसम्बन्धी सुनुवाइका क्रममा सबुत पेस गर्न केही समय अगाडि दिइएको आदेश नमानेको आरोपमा १५ महिना लामो जेल सजाय सुनाइएको हो । दक्षिण अफ्रिकामा पूर्व राष्ट्रपतिलाई जेलसजाय सुनाइएको यो नै पहिलो पटक भएको जानकारहरुले बताएका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- निर्माण क्षेत्र थप धरासायी
- भावी सेनापति सिग्देलको दोहोरो नागरिकता छानबिन गर्न माग गर्दै गृहमा उजुरी
- महासंघद्वारा क्षत्रपाटीमा पत्रकार रिजालमाथि आक्रमणको प्रयास गर्नेविरुद्ध कारबाहीको माग
- ‘हिमाललाई पीडा’ दिइएको भन्दै सर्वोच्च अदालतद्वारा जारी आदेशका तीन खास कुरा
- गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
- आइसिसी टी–२० विश्वकपका लागि रोहित पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा
- देशका पहाडी क्षेत्रमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया