सार्वजनिक विदाको दिनमा पनि नर्भिकले ओपीडी खोल्ने
काठमाडौं । थापाथलीस्थित नर्भिक अस्पतालले सार्वजनिक विदाको दिनमा ओपीडी सेवा दिने भएको छ । यो सातादेखि नर्भिकले शनिबार र सार्वजनिक विदाका दिनहरुमा समेत ओपीडी सेवा सञ्चालन गर्ने भएको छ ।
यस्तै तीजको विदाको दिन पनि नर्भिकले ओपीडी सेवा सञ्चालन गरेको थियो । अब भने यो क्रमलाई निरन्तरता दिँदै शनिबार र सार्वजनिक विदाका दिनहरुमा समेत ओपीडी सेवा सञ्चालनमा ल्याउने निर्णय भएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिएका छन् ।
उनका अनुसार व्यस्त काठमाडौंबासीको सुविधालाई ध्यानमा राखेर नर्भिकले शनिबार र सार्वजनिक विदाका दिनहरुमा समेत ओपीडी सेवा सञ्चालनमा ल्याउने निर्णय गरेको हो । त्यसरी सञ्चालन गरिने ओपीडीमा कुन कुन विशेषज्ञको सेवा पाइन्छ भन्ने कुरा नर्भिकले आफ्ना सामाजिक सञ्जालका विभिन्न प्लेटफर्महरुबाट जानकारी गराउने समेत उनले बताए ।
यसैगरी, नर्भिक अस्पतालले ओपीडीको सन्ध्याकालीन सेवा समेत सञ्चालन गरिरहेको छ । यो सेवालाई समेत अझ व्यापक बनाउने तयारी भइरहेको मिश्रले जानकारी दिए । दैनिक अफिस जानुपर्ने बाध्यतामा रहेका व्यस्त सर्वसाधारणको सुविधालाई ध्यानमा राखी राति ८ बजेसम्म नै ओपीडी सेवा सञ्चालन गर्ने तयारी भइरहेको हो ।
यसैबीच, नर्भिक अस्पतालले सार्वजनिक गरेको शिक्षकलाई छुटसम्बन्धी स्किममा शिक्षकहरुको आकर्षण देखिएको छ । नर्भिकले अन्तर्राष्ट्रिय टिचर्स डेको अवसर पारेर गत शुक्रबारदेखि एक साताका लागि शिक्षकहरुलाई अस्पतालका सबै सेवामा १० प्रतिशत छुटको अफर सार्वजनिक गरेको थियो । यो अफर लिने शिक्षकहरुको संख्या बढिरहेको अस्पतालले जनाएको छ । यो अफर यो सातासम्म जारी रहनेछ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया