जी२० सदस्यराष्ट्रमा दुई वर्षसम्म उच्च महंगी
लन्डन । जी२० सदस्यराष्ट्रमा मूल्यवृद्धि कम्तीमा दुई वर्ष उच्च हुने देखिएको छ । द अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एन्ड डेभलपमेन्ट (ओईसीडी)ले गरेको एक अध्ययनले यस्तो देखाएको हो । वस्तुहरुको उच्च मूल्य र शिपिङ खर्चले महंगी बढाइरहेको पेरिसस्थित उक्त संस्थाले जनाएको छ । यसअनुसार सन् २०२२ को अन्त्यसम्म बेलायतको महंगी दर तीन प्रतिशत रहने देखिएको छ । यो भनेको उन्नत अर्थतन्त्रमध्ये सबैभन्दा उच्च दर होा । तर यता अमेरिका, फ्रान्स र जर्मनीमा भने महंगी दर घट्ने देखिएको छ ।
कच्चा पदार्थको उच्च लागत, कसिलो वस्तु आपूर्ति, उच्च मागलगायतले महंगी बढेको बताइएको छ । अर्थतन्त्रहरु महामारीबाट तंग्रिनथालेपछि वस्तुहरुको माग बढेको छ । एकैचोटि माग बढ्दा आपूर्ति प्रणालीमा समस्या देखिएको र यसले महंगीलाई प्रश्रय मिलेको बताइएको छ । आपूर्ति धान्न नसक्दा लामो समयसम्म उच्च महंगी छाउन सक्ने ओईसीडीले जनाएको छ ।उक्त संस्थाका अनुसार जी२० राष्ट्रको महंगी दर सन् २०२१ को अन्त्यदेखि ४.५ प्रतिशतबाट सन् २०२२ को अन्त्यसम्म ३.५ प्रतिशतसम्ममा झर्न सक्नेछ । यद्यपि यो आकलनमा अझै अनिश्चितता रहेको ओईसीडीको भनाइ छ ।
क्याटेगोरी : विश्व बजार, समाचार
ताजा अपडेट
- सरकार परिवर्तनका लागि षड्यन्त्र भइरहेको छ: महासचिव पोखरेल
- भूकम्पपीडितलाई समयमा नै राहत उपलब्ध गराउन मन्त्री जोशीको जोड
- भवन अभावले अध्ययन प्रभावित, एउटै कोठामा दुइ कक्षा सञ्चालन
- विद्युतीय चुरोट प्रतिबन्धको तयारीमा सरकार
- स्वदेशी उद्योगको प्रवर्द्धन जरुरी : मन्त्री भण्डारी
- रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्छु: प्रधानमन्त्री
- चट्याङ लागेर एक बालकको मृत्युु
- शनिबार एकीकृत समाजवादीको स्थायी समिति बैठक हुने
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया