Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारवर्ल्ड रेमिटबाट एनआईसी एसियाको खातामा रकम पठाउँदा चार सय रुपैयाँ बोनस

वर्ल्ड रेमिटबाट एनआईसी एसियाको खातामा रकम पठाउँदा चार सय रुपैयाँ बोनस


काठमाडौं । वर्ल्ड रेमिटबाट एनआईसी एसिया बैंकको खातामा रकम पठाउँदा चार सय रुपैयाँ बोनस पाइने भएको छ । बैंकले डिजिटल रेमिट्यान्सलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ बेलायत, अष्ट्रेलियालगायतका देशहरूमा बसोबास गर्ने नेपालीहरूको लागि आउँदै गरेको बडा दशैँको अवसरमा प्रतिष्ठित अन्तर्राष्ट्रिय डिजिटल रेमिट्यान्स कम्पनी वर्ल्ड रेमिटमार्फत यस बैंक खातामा रकम पठाउँदा खातामा चार सय रुपैयाँ बोनस रकम उपलब्ध गराउने योजना सार्वजनिक गरेको हो । २०७८ असोज ११ देखि कात्तिक १० सम्म लागू हुने यस योजनाबाट डिजिटल कारोबारमा सहयोग पुग्नुका साथै विदेशमा बसेर कमाएको रकम सहज रूपमा सिधै यस बैंकको खातामा जम्मा गर्न सकिनेछ ।

बैंकका अनुसार चार सय रुपैयाँ बोनस रकम योजना अवधिभर पहिलो पटक गरिएको कारोबारमा मात्र लागू हुनेछ । कोभिड–१९ को जोखिम कायम रहेकै बेला यस बैंकले वर्ल्ड रेमिटको वेबसाइट तथा एपमार्फत विदेशमा रहेका नेपाली नागरिकहरूले यथास्थानबाटै स्वदेशमा रहेका आफ्ना परिवार तथा आफन्तजनलाई जुनसुकै बेला रकम पठाउन सक्नेछन् ।

यस योजनाले विदेशमा रहेका नेपालीहरूले रकम पठाउन भौतिक रूपमा रेमिट्यान्स कार्यालयसम्म पुग्ने समयको बचत हुनुका साथै डिजिटल कारोबारलाई बढाउन समेत प्रोत्साहन गर्ने बैंकले विश्वास लिएको छ । बेलायत, अष्ट्रेलियालगायतका देशहरूमा रहनुभएका नेपालीहरूले वर्ल्ड रेमिटको एप तथा वेबसाइटबाट यस बैंकका खातामा सहजै रकम पठाउन सकिनेछ ।

बैंकले रेमिट्यान्स कारोबारलाई समेत डिजिटलमैत्री बनाउँदै लैजाने क्रममा मोबाइल बैंकिङ एपमार्फत आन्तरिक रेमिट्यान्स सुविधा समेत ग्राहक महानुभावहरूलाई उपलब्ध गराउँदै आइरहेको छ । जसअन्तर्गत जुनसुकै स्थानबाट, जुनसुकै समयमा ग्राहक महानुभावहरूले आफ्नो एनआईसी एसिया मोबाइल बैंकभित्र रहेको सेन्ड रेमिट आइकनमा ट्याप गरेपश्चात् रेमिट्यान्स रकम, प्राप्त गर्नेको विवरण (नाम, मोबाइल नम्बर एवं ठेगाना) उल्लेख तथा रेमिट्यान्स पठाउनुको उद्देश्य छनोट गरी सुरक्षित रूपमा रेमिट्यान्स पठाउन सक्नेछन् ।

यस माध्यमबाट पठाएको रकम देशभर रहेका यस बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउन्टरहरूका साथै १२ हजारभन्दा बढी रेमिट एजेन्टहरूबाट नगद रकम सहजै झिक्न सकिनेछ । साथै, बैंकले एनआईसी एसिया मोबाइल बैंकबाटै रेमिट्यान्स रिसिभ गर्न मिल्ने नवीन सुविधाको समेत सुरुवात गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया