नेपाल इन्भेष्टमेन्ट बैंकको सहकार्यमा ‘मोको’ बाट ‘स्क्यान टु पे’को सुरुवात
काठमाडौं । फोकसवान पेमेन्ट सोलुसन र भिसाले पहिलो पटक नेपाल इन्भेष्टमेन्ट बैंकको सहकार्यमा ‘मोको’ बाट ‘स्क्यान टु पे’को नेपालमा सुरुवात गरेको छ । फोकसवान पेमेन्ट सोलुसन, नेपाल राष्ट्र बैंकद्वारा लाइसेन्स प्राप्त एक भुक्तानी सेवा प्रदायक संस्था हो, जसले आफ्नो मोबाइल डिजिटल वालेट–मोको आजबाट सुरु गरेको छ । डिजिटल भुक्तानीमा विश्वव्यापी प्रख्यात भिसासँग साझेदारी, यस मोको डिजिटल वालेट अनलाइन भुक्तानीमा एक नयाँ परिर्वतन हो । जहाँ प्रयोगकर्ताहरू सजिलै आफ्नो फोनमा भिसा कार्ड विवरण लिंक गर्न सक्छन् र एक मर्चेन्ट्मा प्रदर्शित क्युआर कोड स्क्यान गरेर लेनदेनको लागि भुक्तानी सुरु गर्न सक्छन् ।
यो एप सुरक्षित छ भनी पेमेन्ट कार्ड इस्डस्ट्री डाटा सेक्युरिटी स्टान्डर्ड (पीसीआई डीएसएस) प्रोटोकलद्वारा मान्यताप्राप्त छ । यो क्यूआर भुक्तानीको प्रक्रियाले एक अन्तरक्रिया, सुरक्षित र स्थिर सिस्टमको आवश्यकतालाई सम्बोधन गर्दछ जसबाट प्रयोगकर्ताहरूले एउटा मोबाइल एपको प्रयोगले नै कोडको माध्यमबाट विभिन्न मर्चेन्ट आउटलेटहरूमा भुक्तानी गर्न सक्छन् ।
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडका भिसा कार्ड प्रयोगकर्ताहरूले अब ‘मोको’ एपमा आफ्नो डेबिट वा क्रेडिट कार्डहरू लिंक गरी खरिद तथा विभिन्न सेवाहरूको जस्तै– टेलिकम टपअप, इन्टरनेट र बिजुली बिल भुक्तानीको लागि प्रयोग गर्न सक्नेछन् । यो सेवा लिन डिजिटल वालेटमा ग्राहकले पटक–पटक ब्यालेन्स लोड गरी रहन पर्दैन हरेक समय मोको प्रयोगकर्ताहरूले लेनदेनको समयमा अपलोड गरिएको भिसा कार्डबीच कुनै पनि कार्ड छनोट गर्न सक्छन् ।
मोको प्रयोगकर्ताहरूले किनमेलको समयमा एपमा अपलोड गरिएको कुनै पनि भिसा कार्ड भुक्तानीका लागि छनोट गर्न सक्छन् । अन्तरक्रिय सिस्टमयुक्त मोको धेरै बैंक कार्डहरूको लागि एकल डिजिटल एक एकल वालेटको रूपमा कार्य गर्दछ । कम्पनीले आगामी महिनाहरूमा १० भन्दा बढी अन्य बैंकहरूसँगको सेवा थप गर्नेछन् र निकट भविष्यमा सबै बैंक र वित्तीय संस्थाहरूमा सेवा विस्तार गर्ने योजना राखेका छ । मोको एप गुगल प्ले स्टोर र एप्पल एप स्टोरमा डाउनलोडको लागि उपलब्ध छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सर्वोच्च अदालतले सिधा कुरा डटकमबाट प्रकाशित सामग्रीमा चालेको कदमप्रति नेपाल पत्रकार महासंघको गम्भीर चासो
- सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार
- तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य
- कर्णाली प्रदेश सरकार बिस्तार
- राज्यको प्राथमिकतामा उद्यामशीलता: मन्त्री भण्डारी
- गोदावारीमा लागेको डढेलो निभाउन गएका एक व्याक्तिको मृत्यु
- दराजमै थन्किए १४ हजार थान राष्ट्रिय परिचयपत्र
- विधेयक पारित नगरी अन्त्य भयो कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया