मासिक किस्ता २९ हजार रुपैयाँमा स्कोडा कुशाक चढ्न पाइने
काठमाडौं । नेपालका लागि युरोपेली कार ब्रान्ड स्कोडाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले दशैँ तिहारलक्षित ग्राहक योजना सार्वजनिक गरेको छ । ड्राइभ इन फेस्टिभ विथ स्कोडा कुशाक नाम दिइएको यो योजनाअन्तर्गत ग्राहकले न्यूनतम २९ हजार रुपैयाँ मासिक किस्तामा नयाँ स्कोडा कुशाक खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।
अब ग्राहकले ५० प्रतिशत डाउनपेमेन्ट गरी मात्र नौ प्रतिशत ब्याजदरमा नयाँ कुशाक चढ्नु पाउनेछन् । नेपाली बजारले निकै रुचाएको नयाँ स्कोडा कुशाकको खरिद सहज बनाउन एमएडब्लुले यो दशैँ योजना ल्याएको हो । सात वर्ष ऋण अवधि हुने योजनामा पहिलो एक वर्ष ब्याजदरमा कुनै परिवर्तन हुनेछैन । ¥यापिड र क्यारोकमा पनि एमएडब्लुले विशेष योजना ल्याएको छ ।
ग्राहकले हरेक स्कोडाको खरिदमा निःशुल्क बीमा, निःशुल्क एसेसोरिज, एक वर्षको निःशुल्क सडक कर र अन्य आकर्षक उपहार पाउने कम्पनीले जनाएको छ । नेपालमा हाल एक्टिभ, एम्बिसन तथा स्टाइल गरी कुशाकका तीन भेरियन्ट उपलब्ध छ । विश्वमै लोकप्रिय टीएसआई प्रविधि भएको १.० लिटरको इन्जिनले ११५ पीएस पावर र १७८ एनएम टर्क उत्पन्न गर्छ जुन सेग्मेन्टमै सबैभन्दा उत्कृष्ट हो ।
दुई महिनाअघि सार्वजनिक गरिएको स्कोडा कुशाकलाई कार पारखीमाझ स्थापित भइसकेको छ । बिल्ड क्यालिटी, सिम्प्ली क्लेभर फिचर, बेजोड सुरक्षा र ड्राइभिङ फनका कारण स्कोडाका कार निकै लोकप्रिय रहेका छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया