काठमाडौं । स्मार्टफोन ब्राण्ड रियलमीले दशैँ तिहारको अवसरमा ‘रियलमी उत्सवमय दिन’ छुट अफर ल्याएको छ । सो छुट असोज १६ गतेदेखि सुरु भई कात्तिक ३० गतेसम्म रहनेछ । सो अफरमा रियलमीका स्मार्टफोन खरिद गरी विभिन्न पुरस्कार पाउन सकिनेछ । ‘रियलमी उत्सवमय दिन’ छुट योजनमा भाग लिने तीन जना भाग्यशाली ग्राहकहरुले पुरस्कारमार्फत कोनका ६४ इन्चको टिभी वा कोनका (सात केजी)को लुगा धुने मेसिन वा रियलमी ८ प्राप्त गर्नेछन् ।
साथै प्रत्येक हप्ता १२ जना भाग्यशाली ग्राहकहरुले सी१११, २०२१ र प्रत्येक दिन एक सय ८० जना भाग्यशाली ग्राहकहरुले कोनका १८०० वाट क्षमताको भ्याकुम क्लिनयर वा कोनका १.८ लम्बाइको राइस कुकर वा कोनका हजार वाट क्षमताको आइरन वा कोनकाको आवाजयन्त्र जित्ने मौका प्राप्त गर्नेछन् ।
यो अफरमा भाग लिनको लागि नयाँ उपभोक्ताहरुले क्युआर कोड स्क्यान अथवा रियलमी क्यप्यिन्स डटकममा लगइन गरी फर्म भर्नुपर्ने हुन्छ । यो अफर रियलमीका सबै स्मार्टफोनहरुमा लागू हुनेछ । लक्की छनौटमार्फत दैनिक, साप्ताहिक रुपमा बम्पर विजेताहरुको नाम रियलमीको अफिसियल फेसबुक पेजमार्फत जानकारी गराइने बताइएको छ । यो अफर नेपालमा बसोबास गर्ने सबै नागरिकहरुको लागि खुल्ला गरिएको छ ।
रियलमी एक विश्वस्तरीय कम्पनी भएकोले आफ्ना ग्राहकहरु विशेषगरी युवाहरुलाई लक्षित गरी नवीन उत्पादन बनाउनमा विश्वास राख्ने कम्पनीको दाबी छ । विश्वमा छैँटौ स्थानमा आफ्नो स्थान ओगटिसकेको रियलमीले नेपाली बजारलाई पनि आफ्नो प्राथमिकतामा राखेको छ ।
रियलमी एक विश्वव्यापी उदयमान उपभोक्ता प्राविधिक कम्पनी हो जसले अत्याधुनिक प्रविधिहरु सुलभ बनाएर स्मार्टफोन बजारमा आफ्नो उपस्थिति जनाइरहेको छ । यसले युवाहरुलाई किफायती मूल्यमा स्मार्टफोन र प्रिमियम स्पेक्स, क्वालिटी र ट्रेन्डसेडिङ्ग डिजाइनसहितको लाइफस्टाइल टेक्नोलोजी डिभाइसहरु उपलब्ध गराउँदै आएको छ ।
‘स्काइ ली’ ले स्थापना गरेका रियलमीे विश्वको सातौँ ठूलो स्मार्टफोन कम्पनी हो । २०२१ को दोस्रो क्वाटर सम्ममा रियलमीले विश्वको ६१ वटा बजारमा आफ्नो उपस्थिति जनाइसकेको छ । चीन, दक्षिणपूर्वी एसिया, युरोप, रुस, अष्ट्रेलिया, मध्य पूर्व, अफ्रिका र ल्याटिन अमेरिकी राष्ट्रहरुमा १० करोड भन्दा बढी रियलमी को प्रयोगकर्ता छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया