दोलखा । पछिल्ला दिनमा कोरोना भाइरसको संक्रमण हुनेभन्दा निको हुनेदर वृद्धि हुँदै गएको छ । जिल्लाभर हालसम्म तीन हजार छ सय ७१ जनाले कोरोना भाइरस जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालय दोलखाको तथ्यांक अनुसार दोस्रो लहरको कोरोना भाइरस संक्रमण हुने तीन हजार सात सय चार जनामध्ये तीन हजार छ सय ७१ जनाले कोरोना भाइरसलाई जितेर घर फर्केका हुन् ।
जिल्लामा हाल १६ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् । जिल्लामा आइतबार थपिएका तीन जना नयाँ संक्रमितसहित सक्रिय संक्रमितको संख्या १६ पुगेको हो । आइतबार एकै दिन थप नौ जना संक्रमित संक्रमण मुक्त भएका छन् । दोलखाका नौवटा स्थानीय तहमध्ये सबैभन्दा बढी भीमेश्वर नगरपालिका नागरिकलाई कोरोना संक्रमण भएको पाइएको छ । नगरपालिका सात सय ६२ पुरुष र छ सय ४३ जना महिला गरी जम्मा एक हजार चार सय पाँच जनालाई दोस्रो लहरको कोरोना पुष्टि भएको छ । त्यसैगरी जिरी नगरपालिकामा एक सय ७३ जना पुरुष र एक सय २९ जना महिला गरी जम्मा तीन सय दुई जनालाई वैशाखयता कोरोना संक्रमण भएको जिरी नगरपालिकाले जनाएको छ ।
जिल्लाको कालिञ्चोक गाउँपालिकामा दुई सय ७९ जनामा, गौरीशंकर गाउँपालिकामा एक सय ६३ जनामा, बिगु गाउँपालिकामा एक सय ६५ जनामा, तामाकोशी गाउँपालिकामा छ सय १२ जनामा कोरोना संक्रमण भएको थियो । त्यसैगरी शैलुङ गाउँपालिकामा एक सय ९२ जनालाई, मेलुङ गाउँपालिकामा दुई सय एक जना र बैतेश्वर गाउँपालिकामा दुई सय ८५ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो । हाल यी सबै संक्रमित निको भएका छन् ।
जिल्लामा हाल भीमेश्वर नगरपालिकामा १२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । त्यस्तै जिरी नगरपालिकामा दुई जना महिला र तामाकोशी र बैतेश्वर गाउँपालिकामा एक–एक जना महिला संक्रमितबाहेक अन्य सबै संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालय दोलखाका स्वास्थ्य प्रमुख अर्जुन पौडेलले जानकारी दिए । यसैगरी कोरोना संक्रमणका कारण हालसम्म १३ जनाको मृत्यु भएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- आजदेखि नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु
- जनकपुरमा सहकारी संस्थाका कर्मचारीबाट लुटियो ८० लाख
- अग्नीपीडितलाई लहान नगरपालिकाको सहयोग
- दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम ड्रिलिङ सुरु
- धनगढी उपमहानगरद्वारा २३ करोड राजस्व सङ्कलन
- नीति तथा कार्यक्रमको लागि बिज्ञ समुह संग छलफल गर्दै मन्त्री श्रेष्ठ
- नेवार र तामाङ भाषा बागमती प्रदेशभित्र सरकारी कामकाजमा
- नेकपा एकीकृत समाजवादी संसदीय दलको बैठक नयाँबानेश्वरमा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया