Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमहिन्द्राद्वारा लिथियम–आयोन इलेक्ट्रिक अटो ट्रियो नेपालमा सार्वजनिक

महिन्द्राद्वारा लिथियम–आयोन इलेक्ट्रिक अटो ट्रियो नेपालमा सार्वजनिक


काठमाडौं । महिन्द्रा समूहको एक हिस्सा महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर अटो सार्वजनिक गरेको छ । महिन्द्रा ट्रियो अटो ‘सफ्ट टप’ भेरियन्ट आठ लाख ४० हजार रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

महिन्द्रा ट्रियो पूर्ण निर्माण युनिट (सीबीयू) संरचनाको माध्यमबाट नेपाल आउने गर्दछ । यो गाडी महिन्द्राको भारतको ब्यांग्लोरस्थित फ्याक्ट्रीमै निर्माण भइरहेको छ । दक्षिण नेपालको तराई क्षेत्रका चुनिएका केही क्षेत्रमा ट्रियो अटो वितरण गर्न तयारी लागि बुकिङ सुरु भएको छ । महिन्द्राको अधिकृत ईभी वितरक अग्नि इनर्जीले नेपालमा ट्रियो बिक्री गर्नेछ ।

महिन्द्रा ट्रियोसँग ग्राहकले वार्षिक दुई लाख (पेट्रोल अटोको तुलनामा) बचत गर्नसक्ने छन् । महिन्द्रा ट्रियो १० हजार बढी सवारीसाधनको बिक्री भएको भारतको सबैभन्दा ठूलो लिथियम आयोन इलेक्ट्रिक अटो प्लेटफर्म हो । सन् २०१८ मा यसको सार्वजनिक भएदेखि यसले छ करोड ३० किलोमिटरभन्दा बढी दूरी तय गरिसकेकोे छ ।

महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन मिश्रले नेपालले वातावरणमैत्री साथसाथै दीर्घकालीन दिगोपनको एजेन्डा अपनाएको बताए । नेपाल सरकारले विद्युतीय सवारीसाधनको प्रवद्र्धन गर्दै आएकाले यहाँ विद्युतीय थ्री ह्विलर सवारीसाधनको शुभारम्भ गर्ने सही समय भएको उनको भनाइ छ । उनका अनुसार महिन्द्रा एन्ड महिन्द्राका लागि ‘लास्ट माइल मोबिलिटी’का उत्पादनहरू केन्द्रित क्षेत्र हो । ट्रियो अटो स्थायित्वसँग संयुक्त प्रविधिको एक प्रतिरूप हो, जसले परम्परागत पेट्रोल अटोको तुलनामा ठूलो बचतसँगै आफ्नो स्वमित्वकर्ताको जीविकामा उल्लेखनीय रूपमा वृद्धि गर्नेछ ।

ट्रियो ठूलोमात्र नभई विद्युतीय सवारीसाधन उद्योगकै सबैभन्दा राम्रो (बेस्ट इन इन्ड्रस्ट्री) दुई हजार ७३ मिलिमिटर ह्विलबेसका साथ, जस्तोसुकै कच्ची सडकमा पनि आरामदायी सवारीका लागि अगाडि हाइड्रोलिक सक एब्जर्भर र पछाडि लिफ स्प्रिङको प्रयोग गरिएको छ । यस सवारीसाधनमा राम्रो रोक्ने शक्ति भएको हाइड्रोलिक ब्रेक पनि उपलब्ध गराइएको छ । पूर्ण रूपमा डिजिटल यान्त्रिक कन्सोलले चार्जको अवस्था (स्टेट अफ चार्ज–एओसी), गाडी चलाउने दायरा, गति, ड्राइभ मोड संलग्नता र अन्य विभिन्न सूचनाहरूको विस्तृत जानकारी प्रदर्शन गर्दछ ।

महिन्द्रा ट्रियो किन्ने ग्राहकहरूले उत्कृष्ट इन्जिनियरिङ र विश्वसनीयताबाट लाभ उठाउन सक्छन् । उल्लेखनीय विशेषताको आकर्षक सेट, शून्य प्रदूषण र इच्छाइएका गुणहरूका साथ, ट्रिओले नेपालमा कार्यक्षमताका साथै किफायतका लागि नयाँ मानक निर्धारण गर्नेछ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया