सुवास बस्नेत
दोलखा, माघ १६
बैतेश्वर गाउँपालिकाको कार्यालय भवन हस्तान्तरण गरिएको छ । पालिकाको स्थायी केन्द्र पाडुडाँडामा निर्माण गरिएको सुविधासम्पन्न भवन बुधबार एक कार्यक्रमका बीच प्रदेश सांसद विशाल खड्काले हस्तान्तरण गरेका हुन् । सांसद खड्काले गाउँपालिका अध्यक्ष छवि लामालाई भवनको साँचो हस्तान्तरण गरे । बैतेश्वरको समग्र विकाश गर्न प्रदेश सरकारले आर्थिक लगानी गरिरहेको सांसद खड्काले बताए ।
बैतेश्वर गाउँपालिकाका अध्यक्ष छवि लामाले छोटो समयमा सुविधासम्पन्न भवन निर्माण गर्न सबैबाट सहयोग रहेको बताए । उनले स्थानीय निर्वाचनमा आफूले बोलेको सबै कुरा काम गरेर देखाएको बताए । गाउँपालिका केन्द्र राख्न दुई वर्षअघि पाडुका १७ जना स्थानीयले ५५ रोपनी जग्गा दान गरेको भन्दै १७ जना जग्गाधनीलाई सम्मानसमेत गरिएको छ ।
पालिकाले दुई वर्षको अवधिमा गाउँपालिकाको मुख्य कार्यालयमा ८ कोठाको कार्यालय भवनसहित चारवाट वडा कार्यालय भवन निर्माण सम्पन्न गरेको छ । त्यसैगरी पालिकाको केन्द्र जोड्ने २७ वटा सडक निर्माण गरेको गाउँपालिकाका उपाध्यक्ष रविचन्द्र आचार्यले बताए । उनका अनुसार दुई वर्षको बजेट विशेषगरी भौतिक संरचना र सडक निर्माणमा खर्च गरेको बताए । पालिकाले गाउँपालिकाभित्रका स्थानीय जनतालाई लक्षित गरी स्वास्थ्य, शिक्षा, खानेपानी, खेलकुद लगायतका क्षेत्रलाई समेटेर काम गरिरहेको बताए । पाँडुडाँडामा गाउँपालिकाले केन्द्रको तोकेर एक करोड ७५ लाख बजेट विनियोजन गरेर भौतिक संरचना निर्माणको काम सुरु गरेको थियो ।
गाउँपालिका आफैँले करिब तीन करोड बजेट विनियोजन गरेर निर्माण सुरु गरेको कार्यालय भवन र चिस्यान केन्द्र निर्माणको काम तीव्ररूपमा भइरहेको गाउँपालिकका प्रमुख इन्जिनियर युदिस्टी केसीले जानकारी दिए । त्यसैगरी पालिकाले नयाँ खालका स्वस्थ र शिक्षाका कार्यक्रम गरिरहेको छ भने खेती गर्न चाहने स्थानीय किसानलाई अनुदान दिएर कृषि क्षेत्रमा काम गरिरहेको सूचना अधिकृत विक्रम कार्कीले जानकारी दिए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- निर्जीवन बीमा कम्पनीका २२ लाख ६२ हजार बीमालेख जारी
- निर्माण क्षेत्र थप धरासायी
- भावी सेनापति सिग्देलको दोहोरो नागरिकता छानबिन गर्न माग गर्दै गृहमा उजुरी
- महासंघद्वारा क्षत्रपाटीमा पत्रकार रिजालमाथि आक्रमणको प्रयास गर्नेविरुद्ध कारबाहीको माग
- ‘हिमाललाई पीडा’ दिइएको भन्दै सर्वोच्च अदालतद्वारा जारी आदेशका तीन खास कुरा
- गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
- आइसिसी टी–२० विश्वकपका लागि रोहित पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा
- देशका पहाडी क्षेत्रमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया