युवाहरुलाई रोजगारी दिने पूर्वाधार निर्माणको काम सुरु
जनकपुरधाम, माघ १६
प्रदेश नं. २ सरकार र डिफिडको सहयोगमा सञ्चालित सीप परियोजनाबीच आगामी तीन वर्षभित्र ४५ हजार युवालाई रोजगारी दिने भएको सम्झौताअनुरुप पूर्वाधार निर्माणको क्रम सुरु भएको छ । गत साउन महिनामा भएको सम्झौताअनुरुप विभिन्न सेवाप्रदायक संस्थाले प्रतिबद्धताअनुरुपको रोजगारी सृजना गर्ने कार्य थालनी गरेको हो ।
मोरङ अटो वक्र्सले जनकपुरमा जेसीबी तालिम सेन्टरको शुभारम्भ गरेको छ भने रोजगारी पसलले यसअघि नै प्रदेश नं. २ को विभिन्न स्थानमा घुम्ती रोजगारी पसल सञ्चालन गर्दै बेरोजगार युवाहरुको लगत संकलन गरी रोजगारी उपलब्ध गराउने काम सुरु गरिसकेको छ । मोरङ अटो वक्र्सको तालिम केन्द्रको शुभारम्भ गर्दै मुख्यमन्त्री राउतले आजको प्राविधिक युगमा सीपविना रोजगारी खोज्नु रेगिस्तानमा पानी खोज्नुसरह हुने भएकोले प्रदेश सरकार युवाहरुलाई प्रविधिमा पहुँच बनाउन यस्ता कार्यक्रमहरुको थालनी गरेको बताए ।
सीप परियोजनाका साझेदार संस्था लेबल स्टेपले पनि सर्लाहीको हरिवनमा गलैँचा बनाउने तालिमको सुरुवात गरिसकेको छ । एसबीआई बैंकले वैदेशिक रोजगारीमा जाने युवाहरुको लागि बुधबारबाट सहुलियत ऋण उपलब्ध गराउने कार्यको शुभारम्भ गरेको छ । त्यसैगरी प्रभु बैंकले बिहीबारबाट यो योजना सुरुवात गर्ने सीप परियोजनाका साविस अन्सारीले जानकारी दिए ।
युवायुवतीहरुलाई प्रविधिमा पहुँच बनाउँदै रोजगार बनाउने योजनाअनुरुप युके एडकै सहयोगमा प्रविधिमा महिला भन्ने कार्यक्रमको समेत जनकपुरमा बुधबारबाट शुभारम्भ भएको छ । सो कार्यक्रमको समेत मुख्यमन्त्री लालबाबु राउतले शुभारम्भ गर्दै युवतीहरुलाई प्रविधिमा पहुँच बढाउनुपर्नेमा जोड दिए । यता युके एडकै सहयोगमा जनकपुरलाई क्यासलेस बनाउने योजनाअनुरुप आईएमईको सहयोगमा पैसा कार्डको समेत शुभारम्भ भएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- फाइनल प्रवेशका लागि रियल र बार्यन भिड्दै
- बुढ्यौलीमा चोटसँग जुधेर खेलिरहेका धोनी
- प्रमुख प्रतिपक्षीले उठाएका विषयवस्तुप्रति सरकारले बेवास्ता गरिरहेको छ – प्रमुख सचेतक लेखक
- सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक :पूर्वअर्थमन्त्री खतिवडा
- मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजश्व संकलन
- यी हुन आज शेयर बजारबाट सबैभन्दा धेरै कमाउने दश कम्पनी
- औद्योगिक विकासतर्फ अग्रसर हुन घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी छ: राष्ट्रपति पौडेल
- सिन्धुली चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण थालनी गर्न प्रधानमन्त्रीसँग माग
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया