सफ्टवेरिकाको ‘नेपाल आईओटी च्यालेन्ज’
काठमाडौं । काठमाडौको डिल्लीबजारमा रहेको सफ्टवेरिका कलेजले बेलायतको कोभेन्ट्री विश्वविद्यालयसँगको सहकार्यमा ‘नेपाल आईओटी च्यालेन्ज’ घोषणा गरेको छ । १२ कक्षाको परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गर्दै कलेजले उक्त कार्यक्रमको घोषणा गरेको हो ।
कार्यक्रममा विद्यार्थीहरूले आफूसँग भएको प्रतिभा देखाउन समूह बनाएर भाग लिन सक्नेछन् । प्रतियोगितामा सहभागी हुन पाँच जना सदस्यको समूह बनाएर दर्ता गर्नुपर्नेछ । त्यसपछि दर्ता भएका समूहहरुले कलेजले आयोजना गरेको १० दिने निशुल्क बुटक्याम्पमा सहभागी हुनुपर्छ । सफ्टवेरिका कलेजका विद्यार्थीहरूले हालसम्म ड्रोन, स्मार्ट होम, विद्युतीय सवारी, अटोनोमस सवारी, ट्राफिक म्यानेजमेन्ट सिस्टम, स्मार्ट एग्रिकल्चर, स्मार्ट पार्किङ, फ्लड डिटेक्सन, स्मार्ट सेक्युरिटी, फायर कन्ट्रोल रोबोट लगायत अन्य थुप्रै कुराहरू निर्माण गरिसकेका छन् ।
यस्तै केही बनाउन सक्ने वा इच्छुक वा सोच भएका विद्यार्थीहरूले प्रतियोगितामा भाग लिन सक्नेछन् । सो बुटक्याम्पमा प्रतियोगितासम्बन्धी आवश्यक प्रशिक्षण दिइनेछ । सो प्रशिक्षण सकिएपछि आफ्नो समूहसँग मिलेर आफ्नो आईओटी प्रोजेक्ट सम्पन्न गरेर बुझाउनुपर्ने हुन्छ र तीन उत्कृष्ट प्रोजेक्टहरूले आकर्षक नगद पुरस्कार जित्ने अवसर पाउनेछन् । प्रतियोगितामा पहिलो हुनेले नगद ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै दोस्रो र तेस्रो हुनेले क्रमशः ३० हजार रुपैयाँ र २० हजार रुपैयाँ प्राप्त गर्ने सक्ने कलेजले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी क्षेत्रमा हल्का वर्षा हुने
- जापानका परराष्ट्रमन्त्री आज नेपालमा
- खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी
- महिला चेम्बरद्वारा संस्थापक अध्यक्ष शाक्यलाई सम्मान
- ‘ग्रिल तथा स्टिलजन्य व्यवसायको प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध’
- कर्णाली प्रदेशकै पहिलो चार तारे होटल
- एलिट क्यापिटल र रिलायन्स फाइनान्सबीच सम्झौता
- क्रेस्ट माइक्रोलाइफ र एनआईएमबी एस क्यापिटलबीच सम्झौता
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया