Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारस्वरोजगार लघुुवित्तले चार करोड ८० लाख कमायो

स्वरोजगार लघुुवित्तले चार करोड ८० लाख कमायो


काठमाडौँ । स्वरोजगार लघुुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा चार करोड ८० लाख ७२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा तीन करोड ४५ लाख ५६ हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी ४१ करोड १२ लाख ७९ हजार रुपैयाँ रहेको संस्थाले चालू आवको पहिलो त्रैमासमा दुई अर्ब ७४ करोड चार लाख रुपैयाँ निक्षेप संकलन गरी छ अर्ब ३८ करोड ७३ लाख ५४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा १० करोड ३५ लाख ७३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड आठ लाख छ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात दुुई दशमलव ५७ प्रतिशत रहेको छ । यस अवधिमा संस्थामा सात दशमलव ३३ प्रतिशत स्प्रेड दर रहेको छ । गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब ९८ करोड ७७ लाख ८५ हजार रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब तीन करोड ८५ लाख ७० हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

उक्त अवधिमा चार करोड ५२ लाख छ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम १६ करोड ६७ लाख ४६ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात चारा दशमलव ७६ प्रतिशत रहेको थियो । उक्त अवधिमा संस्थामा आठ दशमलव २० प्रतिशत स्प्रेड दर रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया