दराज ११.११ सेलमा ३ हजार ५ सयसम्मको कार्ड छुट र ११ हजारसम्मको भौचर छुट
काठमाडौं । अनलाइन बजार दराजले आफ्नो सबैभन्दा ठूलो एकदिवसीय सेल ११.११ मा तीन हजार पाँच सय रुपैयाँसम्मको कार्ड डिस्काउण्ट र ११ हजार रुपैयाँ सम्मको भौचर छुट प्रदान गरेको छ । नोभेम्बर १० को मध्यरातबाट सुरु भई नोभम्बर ११ को मध्यरातसम्म चलेको यस वर्षको ११.११ विगतका वर्षहरूभन्दा ठूलो भएको कम्पनीले जनाएको छ ।
यस अभियानको मुख्य हाइलाइटहरु भने ११ लाख सामानहरूमा पाँच करोडसम्मको छुट, ११ हजार रुपैयाँसम्मको मेगा भौचर, प्रि–पेमेन्टमा १५ प्रतिशत अधिकतम तीन हजार पाँच सय रुपैयाँसम्म छुट, खेल एक रुपैयाँ र मेगा गिभअवेको रूपमा ११ टीभीएस रेडर मोटरसाइकल रहेको कम्पनीले जानकारी दिएको छ । थप हाइलाइटहरूमा एड टु कार्ट, फलो एण्ड विन, रिभिउ एण्ड विन, नयाँ युइजर भौचर, रिफर एण्ड विन र दराज जेम्स समावेश थिए ।
बैंक छुट अनुसार ११.११ मा किनमेल गर्ने ग्राहकहरूले डेबिट कार्डमार्फत १५ प्रतिशत अधिकतम तीन हजार रुपैयाँ र क्रेडिट कार्डमार्फत १५ प्रतिशत अधिकतम तीन हजार पाँच सय रुपैयाँसम्म छुट पाएको कम्पनीले जनाएको छ । नबिल बैंक, सानिमा बैंक, ग्लोबल आईएमई बैंक, एनएमबी बैंक, माछापुच्छ्रे बैंक, कुमारी बैंक, नेपाल एसबीआई बैंक, बैंक अफ काठमाडौँ, मेगा बैंक, एनसीसी बैंक, हिमालयन बैंक, एभरेष्ट बैंक, सिटिजन्स बैंक र सांग्रिला बैंकका ग्राहकहरूले उक्त छूटहरू प्राप्त गरेका छन् ।
यसैगरी एनआईसी एसिया बैंक, सनराइज बैंक, सिटिजन्स बैंक, सानिमा बैंक, एनएमबी बैंक र माछापुच्छ«े बैंकका क्रेडिट कार्डको माध्यमबाट शून्य प्रतिशत ब्याजमा सजिलो मासिक किस्ता योजनाको मजा लिने योजना पनि दराजले ल्याएको थियो । यस वर्षको ११ .११ मा नयाँ रियलमि जीटि नियो टु जीको विशेष लन्चको साथै फेसन, इलेक्ट्रोनिक्स, घरेलु उपकरणहरु, र थप अन्य विभिन्न कोटीहरूमा विशेष डिल्स र प्रस्तावहरू रहेका थिए । सामसङ, फिलिप्स, रोटो, सीजी डिजिटल, लेनोभो र अन्य गरी २२ प्रचालित ब्रान्डहरूले विशेस छुट दिएको कम्पनीले जनाएको छ । टीभीएस, कोका–कोला र सन्सिल्क ११ .११का विशेष साझेदारहरू थिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया