Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटोयोटाको डिलर भेटघाट

टोयोटाको डिलर भेटघाट


काठमाडौं, माघ १७
टोयोटा मोटर्सका एकमात्र आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (यूटीएस)द्वारा आयोजित टोयोटाको आधिकारिक डिलर भेला यस वर्षका लागि आधिकारिक रुपमा सम्पन्न भएको छ । गत सोमबार पोखरास्थित होटल वाराहीमा सञ्चालन गरिएको उक्त बैठकमा यूटीएसकी प्रबन्धनिर्देशक ऋतु वैद्य लगायत देशभरका टोयोटा थ्रीएस डिलरहरुले सहभागिता जनाएका थिए ।

उक्त भेलाको उद्देश्य यूटीएसले वर्षौँदेखि ग्राहकहरुलाई प्रदान गर्दै आएको टोयोटाका सवारीहरुको बिक्री र सेवाहरुको सुधार गर्दै अझै व्यापक बनाउन केन्द्रित रहनुका साथै डिलरहरुबीचको आपसी सम्बन्धलाई प्रगाढ बनाउनु रहेको थियो ।

ग्राहक वर्गमाझ सर्वाधिक रुपमा लोकप्रिय रहेको ब्राण्ड टोयोटाले नेपालमा विगत ५० वर्षभन्दा बढी समयदेखि विभिन्न मोडलका सवारीहरु बिक्रीवितरण गर्दै आएको छ । अधिराज्यभर फैलिएको बिक्रीवितरण सञ्जाल, सेवा केन्द्रले प्रदान गर्दै आएको सहज सेवा तथा सुविधाका कारण ग्राहकको आँखामा विश्वासिलो ब्राण्ड बन्न पुगेको टोयोटा भविष्यमा पनि यसरी नै ग्राहकको सेवा र सहजतामा तत्पर रहने कुरामा अडिग रहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया