अमेरिकामा जथाभाबी औषधि सेवन : एकै वर्ष एक लाख बढीको ज्यान गयो
वासिङटन । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस महामारीकै अवधिमा एक लाखभन्दा बढी व्यक्तिको बढी औषधि सेवन (ओभरडोज)का कारण ज्यान गएको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार, फेन्टानाइल नामको औषधि र नक्कली अनलाइन चक्की (पिल्स) खाएर मानिसको मृत्यु भएको हो ।
विज्ञहरुको भनाइमा अमेरिकामा प्रतिबन्धित फेन्टानाइल समूहका औषधिको सेवन बढेको छ भने मेक्सिकोबाट निकै घातक नक्कली औषधि अमेरिका भित्रिएको छ । यी औषधिको अनलाइनबाट बिक्री बढेको र त्यसले मानिसको जीवनलाई नै जोखिममा पारिरहेको छ । द अमेरिकी राष्ट्रपति जो बाइडेनले जारी गर्नु भएको एक वक्तव्यमा कोभिड–१९ महामारीमा संघर्ष गरिरहेकै अवस्थामा ओभरडोजविरुद्धको संघर्ष पनि उत्तिकै चुनौतीपूर्ण रहेको बताएका छन् ।
संयुक्त राज्य अमेरिकामा अप्रिल २०२० देखि अप्रिल २०२१ को एक वर्षको अवधिमा एक लाख तीन सय छ जनाको बढी औषधि सेवन (ओभरडोज)का कारण मृत्यु भएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो २८ दशमलव ५ प्रतिशतले बढी हो अर्थात् हरेक पाँच मिनेटमा एक व्यक्तिको ओभरडोजका कारण ज्यान जाने गरेको छ ।
समग्रमा, मृत्यु भएका कुल संख्या एक लाख तीन सय छ जनामध्ये लागुुऔषध (ओपीओड्स)को सेवनबाट ७५ हजार छ सय ७३ जनाको मृत्यु भएको छ र यसमध्ये पनि अधिकांशको सिन्थेटिक ओपीओड्सबाट भएको छ । यस समूहमा त्यही फेन्टानाइल पर्दछ । प्रायः यी लागूपदार्थ शरीरमा दुखाइ कम गर्न प्रयोग गरिन्छ ।
अमेरिकी स्वास्थ्यमन्त्री जाभियर बेसिराले यो संकट निकै संवेदनशील क्षणमा पुगिसकेकाले सबै मिलेर सामना गर्नुपर्नेमा जोड दिएका छन् । कोभिड–१९ को समयमा बढी समय काम गर्नुपर्ने तथा घरमै बिनाकाम समय कटाउने दुवै किसिमका व्यक्तिले दुखाइ कम गर्न र मन भुलाउन यस्ता लागुपदार्थको सेवन गर्नेगरेको पनि मन्त्री जाभियरको भनाइ छ । परिवारका सदस्यहरु गुमाएका छोराछोरीले सार्वजनिक रुपमै यस्ता घातक औषधि सेवन गरेको बताएका पनि मन्त्री जाभियरले बताए ।
अमेरिकामा कोभिड–१९ बाट पाँच लाख व्यक्तिको ज्यान गएको छ । अमेरिकी औषधि नियामक निकायले वास्तविक औषधिझैँ लाग्ने तर लागुपदार्थ मिसाइएका औषधिहरु अनलाइनबाट बिक्री भइरहेको भन्दै त्यसतर्फ सचेत रहन नागरिकहरुलाई आग्रह गरेको छ । यसै वर्ष मात्र एक करोड ४० लाख चक्की नक्कली औषधि बरामद गरिएको छ । यी औषधि चीनबाट आपूर्ति गरिएका रसायनको मदतबाट मेक्सिकोमा उत्पादन गरिएका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम ड्रिलिङ सुरु
- धनगढी उपमहानगरद्वारा २३ करोड राजस्व सङ्कलन
- नीति तथा कार्यक्रमको लागि बिज्ञ समुह संग छलफल गर्दै मन्त्री श्रेष्ठ
- नेवार र तामाङ भाषा बागमती प्रदेशभित्र सरकारी कामकाजमा
- नेकपा एकीकृत समाजवादी संसदीय दलको बैठक नयाँबानेश्वरमा
- संरक्षण अभावमा ओझेल पर्दै चुरे क्षेत्रका प्राकृतिक ताल
- जापानी विदेशमन्त्री योको कामिकावाको भ्रमण कोशेढुंगा बनोस्
- किन लाग्छ गभर्नरमाथि पुँजीबजार विरोधीको आरोप ?
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया