महेन्द्र शाही
सोलुखुम्बु, माघ १९
सोलुखुम्बुको १ मात्र नगरपालिका सोलुदूधकुण्ड नगरपालिकाले चालू आर्थिक वर्षको आधा समय बितिसक्दा १६.१५ प्रतिशत मात्र राजस्व संकलन गरेको छ । चालू आर्थिक वर्षमा १ करोड २३ लाख ९८ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको नगरपालिकाले ६ महिनामा जम्मा २० लाख ३३ हजार ३१ रुपैयाँ ४२ पैसा राजस्व संकलन गरेको छ ।
अघिल्लो आर्थिक वर्षको छ महिनामा नगरपालिको २४ लाख ८० हजार आठ सय ६२ रुपैयाँ ८२ पैसा राजस्व संकलन गरेको थियो । चालू आर्थिक वर्षको अहिलेसम्म सबैभन्दा बढी राजस्व घर नक्सा पासबाट संकलन गरेको छ । घर नक्सा पासबाट मात्रै नगरपालिको २ लाख ९९ हजार आठ सय ४७ रुपैयाँ ८४ पैसा राजस्व संकलन गरेको नगरपालिकाका सह–लेखापाल पेसा कुमारी खड्काले जानकारी दिइन् । उनका अनुसार नगरपालिको बालुवा, चिप्स, ढुंगा निकासीबापत १ लाख ६० हजार २ सय २१ रुपैयाँ ८३ पैसा राजस्व संकलन गरेको छ । त्यस्तै टेन्डर फारम बिक्रीबाट ६३ हजार, कार्यक्रम स्वीकृत दस्तुरबापत ४० हजार, घर नक्सा किताब बिक्रीबाट ७३ हजार, संस्था नवीकरणबाट ४७ हजार राजस्व संकलन भएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले घरबहाल करबापत २९ हजार ९ सय ७१, योजना सम्झौताबाट ३६ हजार, घर नक्सा अभिलेखीकरण दस्तुरबापत ४४ हजार ३ सय ४३ रुपैयाँ राजस्व संकलन गरेको छ । त्यसैगरी मालपोतबापत ६० हजार १ सय ८१ रुपैयाँ, ठेक्का सूचीकृतबापत २६ हजार तथा संस्था दर्ताबाट आठ हजार राजस्व संकलन भएको जनाइएको छ । राजस्व संकलन कम हुनुमा भूकम्पको गुनासोबाट भूकम्प प्रभावितको थप नाम आउन बाँकी रहेकाले पनि राजस्व संकलनमा केही कम भएको सहलेखापाल खड्काको भनाइ छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- रामगीता वाङ्मय मन्दिर अमेरिका–नेपालद्धारा तीन स्रष्टालाई एकसाथ पुरस्कृत
- ज्ञानेश्वरको ६ रोपनी सरकारी जग्गा बानिता अग्रवालले कसरी गरिन् कब्जा ?
- आज विश्व प्रेस स्वतन्त्रता दिवस
- देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया