Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगस्टडी ग्रुपको ‘जब रेडी प्रोग्राम’

स्टडी ग्रुपको ‘जब रेडी प्रोग्राम’


काठमाडौं । अन्तर्राष्ट्रिय शिक्षा प्रदायक स्टडी ग्रुपले अमेरिका र बेलायतका विभिन्न विश्वविद्यालयहरूमा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई उनीहरुको करियरमा मद्दत गर्ने उद्देश्यले जब रेडी प्रोग्राम ल्याएको छ ।

यो प्रोग्राम विशेष गरी नेपाली विद्यार्थीहरूलाई भविष्यमा सहज रुपमा रोजगारी पाउने अवसर बढाउनको लागि कि ट्रान्सफरेबल स्किल सिक्न मद्दत गर्न डिजाइन गरिएको हो, जसले उनीहरूलाई पढ्दै कमाउने अवसर प्रदान गर्दै पढाइ सकेपछि अन्तर्राष्ट्रिय कम्पनीहरुमा रोजगारी पाउन सक्षम बनाउँछ ।

स्टडी ग्रुपले यूके इन्टरनेशनल स्टडी सेन्टर वा यूएस इन्टरनेशनल कलेजबाट आफ्नो प्रक्रिया अगाडि बढाउने सबै विद्यार्थीहरूको सम्पूर्ण सेवाशुल्क व्यहोर्नेछ । स्टडी ग्रुपका विद्यार्थीहरूले शैक्षिक सामग्रीको साथै सीभी लेखन र प्रोफाइल प्रेजेन्टेसनको लागि पनि सहयोग प्राप्त गर्नेछन् । यसको साथै उनीहरुले इन्टरभ्यु कोचिङ, मक इन्टरभ्युबाट पनि लाभ लिन सक्नेछन् । यो कार्यक्रम सकिएपछि विद्यार्थीहरुले सम्भावित रोजगारदाताहरुसँग तीनवटासम्म इन्टरभ्यु सेक्युर गर्न आवश्यक सहयोग प्राप्त गर्न सक्नेछन् ।

स्टडी ग्रुपको दक्षिण एसिया क्षेत्रीय निर्देशक श्रीनि बन्दरा जब रेडी प्रोग्रामले नेपाली विद्यार्थीहरुलाई उच्च शिक्षा सकिनासाथ कामको लागि दक्ष बनाउने बताइन् । युके आउनासाथ आफैँले अध्ययन गरेको विषयमा अझ ज्ञान र अनुभव बढाउँदै प्रोफेसनल कोर कम्पिटेन्सिज बढाउन र सम्बन्धित कामको अनुभव बढाउन समेत विद्याथीहरु सक्षम हुने उनको भनाइ छ । उनका अनुसार नेपाली श्रम बजारमा अहिले देखा परिरहेको ‘स्किल ग्याप’लाई पनि उनीहरु कम गर्न सक्षम हुनेछन् ।

स्टडी ग्रुपको यस रोजगारी कार्यक्रममा ‘प्रिपेयर फर सक्सेस’, ‘जब रेडी’, ‘भर्चुअल इन्टर्नसिप’जस्ता कार्यक्रमहरु समावेश छन् । यी नयाँँ कार्यक्रमहरु युके र यूएसका विश्वविद्यालयहरुमा राम्रोसँग अध्ययन सकाउन र एक्काईसौँ शताब्दीमा सफल हुन आवश्यक सीप प्रदान गर्न डिजाइन गरिएका हुन् ।

प्रिपेयर फर सक्सेस : नेपाली शैक्षिक पद्धतिबाट विदेशी शैक्षिक पद्धतिमा सजिलै ट्रान्जिसन हुन आवश्यक भाषाको साथ–साथै जीवनोपयोगी शिक्षा र लर्निङ स्किलहरु सिक्न विद्यार्थीहरुलाई सहयोग गर्ने उद्देश्यले ल्याइएको अनलाइन कार्यक्रम हो । यो कार्यक्रमको तात्कालिक नतिजाको रुपमा यो कोर्समा सहभागी ८२ प्रतिशत विद्यार्थीले आफ्नो उच्च शिक्षा अगाडि बढाउन आफू पर्याप्त रुपमा तयार भएको बताएका थिए ।

जब रेडी : स्टडी ग्रुपका निःशुल्क रोजगार सेवाअन्तर्गत युकेमा अध्ययनरत नेपाली विद्यार्थीहरुले पढ्दै काम गर्ने अवसर पाउनुका साथै कि ट्रान्सफरेबल स्किल्स सिक्न र कामको अनुभव लिन सहयोग गर्नेछ ।

भर्चुअल इन्टर्नशिप : स्टडी ग्रुपले भर्चुअल इन्टर्नसिप पार्ट्नर्स लि.सँग सहकार्य गरेर नेपाली विद्यार्थीहरुलाई ७० भन्दा बढी देशहरुको ४० भन्दा बढी उद्योगहरुमा अनलाइन इन्टर्नसिप र कामको अवसर प्रदान गर्नेछ । भर्चुअल इन्टर्नसिपले विश्वभरका चार हजारभन्दा बढी कम्पनीहरुसँग सहकार्य गरेर हजारौँ विद्यार्थीहरुलाई रिमोट इन्टर्नसिपको माध्यमबाट प्रोफेसनल स्किलहरु वृद्धि गर्न सहयोग गर्छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया