जिएम यादव
बाँके, माघ २०
बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ५ मा स्वदेशी उत्पादनको रूपमा सरफ उद्योग स्थापना गरिएको छ । देशभर रहेको भारतीय उत्पादनको दबदबालाई विस्थापन गरी स्वदेशी उत्पादनको बजारीकरणको लागि साढे एक करोड लागतमा उद्योग सञ्चालनमा ल्याइएको हो । गत भदौदेखि ‘कर्णाली सोप एण्ड केमिकल इन्डष्ट्रिज’ नामक सरफ उद्योग सञ्चालनमा आएको होे ।
उद्योग वैदेशिक रोजगारीबाट फर्किएका तीन जना युवाहरूले सञ्चालन गरेका हुन् । उद्योगले अहिले यहाँको बजारलाई लक्षित गरी ‘असल’ नामक ब्राण्डका तीनवटा वस्तु उत्पादन गरिरहेको छ । उद्योगका मुख्य उत्पादन सरल नामका सरफ, ट्वाइलेट क्लिनर र फिनाइल उत्पादन भइरहेको कर्णाली सोप एण्ड केमिकल इन्डष्ट्रिजका सञ्चालक तथा म्यानेजर तुलबहादुर खत्रीले बताए । उनका अनुसार उद्योगबाट अन्यको भन्दा गुणस्तरीय सरफहरू उत्पादन भइरहेको छ । उनी २ वर्षको वैदेशिक रोजगारीबाट स्वदेश फर्किएर स्वदेशमा कर्म गर्न लागेका हुन् । दुई वर्ष दक्षिण अफ्रिकामा बसेका खत्री विदेशमा सिकेको सीप र ज्ञानको स्वदेशमै बसेर कर्म गर्ने र लगानी गरेको बताउँछन् ।
‘आफ्नो देशमा केही नयाँ काम गर्नुपर्छ भनेर तीन जना लागिपरेका छौँ’ उनले भने, ‘पश्चिम क्षेत्रमा केही नयाँ गुणस्तरीय उत्पादन दिने हाम्रो उद्देश्य छ ।’ यहाँको उत्पादन अहिले बाँके र बर्दिया जिल्लामा बिक्री वितरण भइरहेको छ । अहिले उद्योगको उत्पादनको बजारमा माग बढ्दै गएको समेत उनले बताए । उनका सहकर्मी पुष्पबहादुर रावल र अक्कलबहादुर सिंह हुन् । ‘बजारमा अहिले भारतीय सरफको दबदबा छ, यसको विस्थापन हाम्रो उद्देश्य हो’ सिंहले भने, ‘असल ब्राण्डलाई मेचीदेखि कालीसम्म पु-याउनेछौं ।’ ‘नाम पनि असल काम पनि असल’ भन्ने मुख्य नाराका साथ उद्योग सञ्चालन भइरहेको हो । पहिलो चरणमा केही संख्यामा बेरोजगारलाई रोजगारी समेत प्रदान गरिएको छ । अर्को वर्षबाट अझै व्यवस्थितरूपमा अघि बढ्ने उनले बताएका छन् ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- फाइनल प्रवेशका लागि रियल र बार्यन भिड्दै
- बुढ्यौलीमा चोटसँग जुधेर खेलिरहेका धोनी
- प्रमुख प्रतिपक्षीले उठाएका विषयवस्तुप्रति सरकारले बेवास्ता गरिरहेको छ – प्रमुख सचेतक लेखक
- सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक :पूर्वअर्थमन्त्री खतिवडा
- मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजश्व संकलन
- यी हुन आज शेयर बजारबाट सबैभन्दा धेरै कमाउने दश कम्पनी
- औद्योगिक विकासतर्फ अग्रसर हुन घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी छ: राष्ट्रपति पौडेल
- सिन्धुली चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण थालनी गर्न प्रधानमन्त्रीसँग माग
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया