Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगगैँडाकोटमा मौलाकालिका केबलकार निर्माण सुरु

गैँडाकोटमा मौलाकालिका केबलकार निर्माण सुरु


नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल मौलाकालिका मन्दिर जानका लागि केबलकार निर्माण सुरु गरिएको छ । सम्पूर्ण प्रक्रिया सकेर केबुलकार निर्माणका लागि कन्स्ट्रक्सनको काम सुरु भएको हो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको मौलाकाली केबलकार कम्पनीले आगामी एक वर्षभित्र मौलाकालिका मन्दिरमा केबुलकार सञ्चालनमा ल्याउने गरी निर्माणको काम सुरु गरेको हो । ‘मौलाकाली केबलकार सञ्चालनका लागि औपचारिक अनुमतिका सबै काम सकिएको छ’, ढकालले भने, ‘अब हामी फिल्डमा कन्स्ट्रक्सनको काममा जुटेका छौँ ।’

केबुलकार निर्माणको काम सुरु भइसकेको उल्लेख गर्दै उनले बढीमा एक वर्षभित्र केबुलकार सञ्चालनमा ल्याउने बताए । ‘केबलकारसँगै निर्माण हुने होटलका लागि केही समय लाग्नसक्छ तर आगामी पुस महिनाभित्र केबलकार सञ्चालनमा ल्याइसक्छौँ’, उनले भने, ‘अब आउने माघेसंक्रान्तिमा केबलकार चढेर मौलाकालिका माताको दर्शन गर्न पाइन्छ ।’ ढकालको कम्पनीले गैँडाकोटमा केबलकारसँगै होटलसमेत सञ्चालनमा ल्याउनेछ । मौलाकाली केबुलकार कम्पनीले करिब साढे एक अर्ब रुपैयाँको लागतमा आयोजना अगाडि बढाएको हो । निर्माण सम्पन्नपछि सर्वसाधारणका लागि समेत सेयर निष्काशन गर्ने योजना रहेको उनले बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया