डिशहोम फाइबर नेटको ‘स्टुडेन्ट अनलाइन क्लास प्याकेज’ सार्वजनिक
काठमाडौं । डिशहोम फाइबर नेटले ‘स्टुडेन्ट अनलाइन क्लास प्याकेज’ सार्वजनिक गरेको छ । नेपालमा कोभिड–१९ को तेस्रो लहर सुरू भएसँगै विद्यालय तथा कलेजहरूले अनलाइन कक्षा सुरू गरेपछि विद्यार्थीहरुको सिकाइ नरोकियोस् भन्ने उद्देश्यले डिशहोम फाइबर नेटले उक्त प्याकेज सार्वजनिक गरेको हो ।
प्याकेजअन्तर्गत एउटा विद्यार्थीका लागि मासिक दुई सय ८८ रूपैयाँ, दुई जना विद्यार्थीका लागि मासिक चार सय ८८ रूपैयाँ र तीन जना विद्यार्थीका लागि मासिक पाँच सय ८८ रूपैयाँमा इन्टरनेट प्रयोग गर्न सकिनेछ । यो प्याकेजमा विद्यार्थीलाई अनलाइन क्लासका लागि आवश्यक पर्ने जुम, गुगल मिट, माइक्रोसफ्ट टिप्स लगायतका सफ्टवेयर चलाउन चाहिने आवश्यक ब्यान्ड विथ उपलब्ध गराइने डिशहोमले जनाएको छ ।
अनलाइन कक्षाका लागि एक जना विद्यार्थीलाई १० एमबीपीएस, दुई जना विद्यार्थीलाई १५ एमबीपीएस र तीन जना विद्यार्थीलाई २० एमबीपीएस इन्टरनेट उपलब्ध हुनेछ । यसबारे थप जानकारीका लागि डिशहोमको हटलाइन नम्बर ९८०१५४४००० वा नजिकको ‘डिशहोम डिलर दाइ’कहाँ सम्पर्क गर्न सकिने बताइएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया