बागवानीको राजस्व संकलनमा १६ प्रतिशतले गिरावट
सोलुखुम्बु । जिल्लाकोे बागवानी केन्द्र फाप्लुको राजस्व संकलनमा १६ प्रतिशतले गिरावट आएको छ । गत आर्थिक वर्ष २०७७/०७८ को पहिलो छ महिनामा १२ लाख ३५ हजार एक सय ३५ रुपैयाँ राजस्व संकलन गरेको केन्द्रले चालू आर्थिक वर्षको सोही अवधिमा घटेर १० लाख १८ हजार सात सय ८२ रुपैयाँ मात्रै राजस्व संकलन गरेको छ । जुन प्रतिशतको हिसाबले १६ दशमलव ६६ प्रतिशतले कमी हो ।
कार्यालयका सूचना अधिकारी चन्द्र फडेराका अनुसार यस वर्ष विभिन्न फलफूलहरुको बिरुवा बिक्रीमा कमी आएकाले राजस्व संकलन घटेको हो । उनले भने, ‘अघिल्लो वर्ष यहाँ उत्पादन भएका किबी, स्याउ, आरु, नास्पातीजस्ता फलफूलको बिरुवाहरु अधिक मात्रामा बिक्री भएको थियो, त्यो वर्ष त कृषकको मागलाई हामीले धान्नै सकेनौँ । तर यो वर्ष त उत्पादन भएका बिरुवा नै खपत भएन, त्यसैले राजस्व संकलनमा कमी आएको हो ।’ कृषकहरु विभिन्न निजी फामहरुले उत्पादन गरेको बिरुवा खरिदमा लागेकाले बागवानीको बिरुवा बिक्री नभएको कार्यालयको अनुमान छ ।
चालू आर्थिक वर्षको अर्धवार्षिक अवधिमा बागवानीले कृषी उपज बिक्रीबाट नौ लाख ९१ हजार सात सय ८२ रुपैयाँ र प्रशासनिक सेवाहरुबाट २७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । बागवानी केन्द्रले मुख्य गरी फाममा उत्पादित विभिन्न फलफूल, तरकारीको बिरुवा तथा बेर्ना बिक्रीबाट राजस्व संकलन गर्नेगरेको कार्यालयले जनाएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- फाइनल प्रवेशका लागि रियल र बार्यन भिड्दै
- बुढ्यौलीमा चोटसँग जुधेर खेलिरहेका धोनी
- प्रमुख प्रतिपक्षीले उठाएका विषयवस्तुप्रति सरकारले बेवास्ता गरिरहेको छ – प्रमुख सचेतक लेखक
- सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक :पूर्वअर्थमन्त्री खतिवडा
- मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजश्व संकलन
- यी हुन आज शेयर बजारबाट सबैभन्दा धेरै कमाउने दश कम्पनी
- औद्योगिक विकासतर्फ अग्रसर हुन घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी छ: राष्ट्रपति पौडेल
- सिन्धुली चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण थालनी गर्न प्रधानमन्त्रीसँग माग
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया