Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअमेरिकी उपभोक्ता मूल्य ४० वर्षयताकै उच्च

अमेरिकी उपभोक्ता मूल्य ४० वर्षयताकै उच्च


वासिङटन । अमेरिकामा महंगी उच्च भएको छ । गत जनवरी महिनामा उच्च दरमा वृद्धि भएको बीबीसीले जनाएको छ । योसँगै वार्षिक महंगी दर साढे सात प्रतिशत पुगेको हो ।

यो दर सन् १९८२ यताकै उच्च भएको बताइएको छ । खाद्य र ऊर्जा क्षेत्रमा महंगी बढ्दो क्रममा देखिएको छ । यसले घरपरिवारको खर्च बढेको छ । महंगी बढेपछि वासिङटनसामु यसलाई सम्बोधन गर्ने दबाब बढेको छ भने केन्द्रीय बैंकलाई पनि ब्याजदर बढाउने दबाब बढेको छ । अमेरिकी श्रम मन्त्रालयका अनुसार जनवरीमा उपभोक्ता मूल्य शून्य दशमलव छ प्रतिशतले बढेको छ ।

किराना सरसामानको मूल्य झन् एक प्रतिशतले बढेको छ । न्युयोर्ककी ६० वर्षीया डेट्रा थोमस ग्रोसरी स्टोर जानै छोडेको बताउँछिन् । उनी भन्छिन्, ‘म यो सबै खाद्यान्न किन्न नियमित रुपमा ग्रोसरी स्टोर जानै सक्दिनँ ।’

खानेकुरामात्र होइन कपडालगायतको मूल्य पनि उच्च भएको छ । महंगी बढे पनि अफिसमा तलब नबढेको एक वर्ष भइसकेको छ । गत वर्ष थोरै तलब बढे पनि अहिलेको महंगी धान्न त्यो पनि पर्याप्त छैन ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया