Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगहिमपातपछि खुम्बुमा टेलिकमको नेटवर्कमा समस्या

हिमपातपछि खुम्बुमा टेलिकमको नेटवर्कमा समस्या


सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु क्षेत्रमा केही दिनयता नेपाल टेलिकमको नेटवर्क स्थिर नहुँदा समस्या भएको छ । पछिल्लो एक सातादेखि नेटवर्क आउने जाने भइरहँदा खुम्बु क्षेत्रमा सञ्चार सेवा प्रभावित बनेको स्थानीयले बताएका छन् ।

खुम्बुमा नेपाल टेलिकमको एनटीसी र एडीएसएल फोन सेवा बारम्बर अवरुद्ध भइरहँदा कार्यालयको सेवा प्रभावित हुनेदेखि आफन्तहरुसँग कुराकानी गर्न समेत समस्या भएको स्थानीय अमृत मगरले बताए । एडीएसएल फोन सेवा प्रभावित भएसँगै इन्टरनेट सेवा समेत अवरुद्ध हुने भएकाले कार्यालयको काम नै बारम्बार प्रभावित हुने गरेको नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ ।

कार्यालयको अधिकांश कार्यहरु इमेल इन्टरनेटको माध्यमबाट हुने भएकाले फोन र इन्टरनेट अवरुद्ध हुनेबित्तिकै विमानस्थल नै अस्तव्यस्त हुने गरेको लुक्ला विमानस्थलका निमित्त प्रमुख विक्रम सिंह बस्नेतले बताए । उनल भने, ‘हाम्रो टावरको त सबै काम इन्टरनेटमा निर्भर हुन्छ, यहाँ इन्टरनेट जानेबित्तिकै सबै सिस्टम नै डामाडोल हुन्छ, यहाँ हामीले प्रयोग गर्ने एक मात्र इन्टरनेट भनेकै टेलिकमको एडीएसएल हो तर भरपर्दो नहुँदा साह्रै समस्या छ ।’

सोलुखुम्बुको क्याम्जे टावरको अटो ब्याकअपले काम नगर्दा खुम्बु क्षेत्रको नेटवर्क प्रभावित बनेको नेपाल टेलिकम ओखलढुंगाका प्रमुख दिनेशचन्द्र पन्थीले बताए । त्यस क्षेत्रमा परेको बाक्लो हिमपातले गर्दा केही दिनयता क्याम्जे टावरमा जान नसकेको कारण ब्याकअप सुचारु गर्न नसकेको उनको भनाइ छ । समस्या समाधानका लागि आफूले टेलिकम शाखा सल्लेरीलाई निर्देशन दिइसकेकाले समस्या पूर्ण रुपमा समाधान हुने प्रमुख पन्थीले बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया