जापानमा नेपालीहरूद्वारा ‘आन्भी मार्केटप्लेस’ सञ्चालन
काठमाडौं । जापानमा नेपालीहरुको पहलमा नेपाली उत्पादनहरु किनबेच गर्न सकिने ‘आन्भी मार्केटप्लेस’ सार्वजनिक हुने भएको छ । इन्टरनेटको व्यापकतासँगै नेपालीहरु स्वदेशी उत्पादनहरुको विश्व बजारीकरण खोजिरहेका छन् । यसैक्रममा जापानमा बसोबास गर्दै आइरहेका पवन थापा र हरि सापकोटाको संयुक्त प्रयासमा बिहीबार आन्भी मार्केटप्लेस सार्वजनिक गर्न लागिएको हो ।
जापानमा बस्ने नेपालीहरुलाई लक्षित गर्दै विश्वबजारमा स्वदेशी उत्पादनहरु प्रवद्र्धन तथा बिक्री गर्ने उद्देश्यले आन्भी मार्केटप्लेसको सुरुवात भइरहेको प्रमुख कार्यकारी अधिकृत पवन थापाले जानकारी दिए । यसमा मल्टिभेण्डर इ–कमर्स प्लाटफर्म भएकोले जो कोहीले सहजै आफ्ना प्रडक्टहरु बिक्री गर्न सक्नेछन् । यसको लागि भेण्डरले कर्पोरेट डकुमेन्ट समावेश गरी रजिस्ट्रर गर्नुपर्ने हुन्छ । यस प्लाटफर्ममा जापानमा सञ्चालनमा आएका विशेषतः खाद्य पसल र रेस्टुरेन्टहरुलाई आवश्यक सम्पूर्ण गुणस्तरीय प्रडक्टहरु सस्तो र सुलभ रुपमा उपलब्ध गराउने लक्ष्य रहेको थापाले जानकारी दिए ।
मार्केटप्लेस सार्वजनिक गर्ने अवसरमा पहिलो अर्डरमा २० प्रतिशत र जापानको डिजिटल पेमेन्ट सेवा ‘पेपे’मार्फत भुक्तानी गरेको खण्डमा १० प्रतिशत क्यासब्याक उपलब्ध गराउने कम्पनीले जनाएको छ । साथै ग्राहकले सामान खरिद र रिफरल प्रोग्रामको आधारमा रिवार्ड पोइन्ट प्राप्त गर्नेछन । उक्त पोइन्टलाई ग्राहकले रिडिम गरी नेपालमा रहेका आफन्तहरुलाई गिफ्ट पठाउन, मोबाइलमा टपअप गर्न तथा स्टोरमै सामान खरिद गर्दा प्रयोग गर्नसकिने सुविधा दिएको छ । साथै समयमा नै सेवा विस्तार गर्न वेयरहाउस सञ्चालनको लागि पनि काम भइरहेको अधिकृत थापाले जानकारी दिए ।
करिब एक लाख नेपालीहरुको बसोबास रहेको जापानमा नेपाली उत्पादनहरु मन पराउनेको संख्या पनि उल्लेखनीय छ । उद्यमशीलतामा जोड्दै नेपालीहरुकै लागि पनि रोजगारी सिर्जना गर्ने गरी काम गरिरहेको यस समूहमा यसमा नेपाली ग्रोसरीसँगै कम्पनीले नेपाली लत्ताकपडा र पुस्तकहरु पनि मार्केटप्लेसमा समावेश गर्नेछ । अर्डर गरेको दिन योकोहामा एरियामा डेलिभरी सुविधा दिने गरी कम्पनीले काम गरिरहेको छ । अहिले योकोहामा सहरभित्र अनलाइन अर्डर गर्दा डेलिभरी शुल्क पनि लाग्दैन । वेबसाइट आवश्यकताअनुसार परिमार्जन र परिष्कृत गर्दै लैजाने कम्पनीले उल्लेख गरेको छ । झण्डै पाँच करोड लगानीमा सुरु भएको आन्भी मार्केटप्लेस केही नयाँ स्वाद पस्किने गरी आफ्नो सेवा विस्तारमा लागिपरेको निर्देशक सापकोटाले बताए ।
नेपालमा उत्पादित उत्कृष्ट खाद्य, पेय र अन्य सामग्रीहरु जापान पु¥याउनु मुख्य उद्देश्य रहेको निर्देशक सापकोटाको भनाइ छ । नेपालका उद्यमीहरुले आफ्नो उत्पादन बिक्रीको लागि यस प्लाटफर्ममा जोडिने क्रम बढिरहेको उनले बताए । जापानमा पेपेलगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पेमेन्ट गेटवेको प्रयोग गरी सामान खरिद गर्न सकिनेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- जापानका विदेशमन्त्री योको बिदाइ
- अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया