आईएमई पेबाट यती एयरलाइन्सको टिकट काट्दा निःशुल्क टिकटको मौका
काठमाडौं । आईएमई पेले यती एयरलाइन्ससँगको समन्वयमा नयाँ अफर ल्याएको छ । आईएमई पे एपका प्रयोगकर्ताहरूलाई फागुन १२ गतेदेखि कार्यान्वयनमा आउने गरी दुई महिनासम्म यती एयरलाइन्सको उडान टिकट आईएमई पे एपद्वारा खरिद गर्दा लक्की ड्रमार्फत नेपालका विभिन्न सुन्दर गन्तव्यहरूका लागि निःशुल्क उडान टिकट पाइनेछ ।
हरेक वर्ष हवाइ उडानको माध्यमबाट यात्रा गर्ने यात्रुहरूको सङ्ख्या बढिरहेको देखिन्छ । यात्रुहरूलाई सुलभ एवम् सहज हवाइयात्राका लागि प्रोत्साहन मिलोस् भन्ने उद्देश्यका साथ आईएमई पे र यती एयरलाइन्सबीच यो समझदारी बनेको हो । निःशुल्क टिकट पाउने गन्तव्यमा रारा, लुक्ला, मुक्तिनाथ, शे फोक्सुन्डो जस्ता धार्मिक वा पर्यटकीय दृष्टिले अति महत्वपूर्ण स्थानहरू रहेका छन् । यसले नेपालको बाह्य तथा आन्तरिक पर्यटनको प्रवर्द्धनमा योगदान पु-याउने विश्वास लिइएको छ ।
आईएमई पे मोबाइल वालेट एप प्रयोग गरी यती एयरलाइन्सको हवाइ टिकट काट्ने यात्रुहरुले मात्र सो अफरमा सहभागी हुन पाउनेछन् । सो अफर सीमित अवधिको लागि मात्र चल्ने बताइएको छ । अफर अवधिभर चार जना भाग्यशाली विजेताहरु छानिनेछन्, जसमध्ये हरेक विजेताले दुई जनाको लागि प्रस्थान र आगमनको टिकट जित्नेछन् । भाग्यशाली विजेताहरुले उल्लिखित गन्तव्यमध्ये एउटा रोज्न पाउनेछन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया