एनएमबी बैंकको विस्तारित काउन्टर मोरङको बेलबारी मालपोतमा
काठमाडौं । एनएमबी बैंकले सेवाग्राहीहरूलाई सहज होस् भन्ने उद्देश्यले मोरङको बेलबारी मालपोत कार्यालयमा १०औँ विस्तारित काउन्टर शुभारम्भ गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव राम प्रसाद थपलियाको प्रमुख आतिथ्यता र नेपाल सरकार भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक पिताम्बर घिमिरे, एनएमबी बैंक लिका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीको विशेष आतिथ्यता तथा एनएमबी बैंक लि. प्रदेश नं. १ का प्रमुख उत्सव घिमिरेको सभापत्विमा आयोजित एक कार्यक्रममाझ शुक्रबार मालपोत कार्यालय परिसरमा विस्तारित काउन्टरको विधिवत् उद्घाटन भएको हो ।
उक्त कार्यक्रममा बेलबारी नगरपालिका वडा नं. ०३ का अध्यक्ष योगेन्द्र सुवेदी, एनएमबी बैंकका प्रमुख व्यवसाय अधिकृत गोविन्द घिमिरे, मालपोत कार्यालय बेलबारी विस्तारित काउन्टरका प्रमुख भानुभक्त न्यौपाने, भूमि सुधार तथा मालपोत कार्यालय विराटनगरका प्रमुख लोबहादुर भण्डारी, लेखापढी व्यवसायी एसोसिएसन बेलबारीका अध्यक्ष गोविन्द फुयाल अतिथिको रूपमा उपस्थित रहेको बैंकले जानकारी दिएको छ ।
कार्यक्रममा सचिव थपलिया, महानिर्देशक घिमिरे, प्रमुख कार्यकारी अधिकृत केसी वडाध्यक्ष भण्डारीले शुभकामना स्वागत मन्तव्य राखेका थिए भने मालपोत कार्यालय बेलबारी विस्तारित काउन्टरका प्रमुख न्यौपानेले धन्यवाद मन्तव्य राखेका थिए । शुभकामना मन्तव्यकै क्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत केसीले सरकार–निजी क्षेत्रको सहकार्यअन्तर्गतको यो प्रक्रियामा मालपोत कार्यालयले बैंकलाई विश्वास गरी सेवा प्रदान गर्न अवसर दिएकोमा धन्यवाद व्यक्त गर्दै अब मालपोत कार्यलय बेलबारीमा नगदरहित सेवा लिन हुन पनि सम्पूर्ण सेवाग्राहीहरूलाई अनुरोध गरेका छन् ।
बैंकले दि फिनान्सियल टाइम्स, लन्डनको द ब्यान्कर पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि बैंक अफ दि इयर एसिया २०२१ उपाधिबाट सम्मानित भएको बैंक हो । बैंकले २०१७, २०१८, २०२० र २०२१ लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि बैंक अफ दि इयर नेपाल प्राप्त गरिसकेको छ । बैंकले यसलगायत हाल देशभरि १० एक्सटेन्सन काउन्टरहरू, दुई सय एकवटा शाखाहरू र एक सय ३९ एटीएमहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सर्वोच्च अदालतले सिधा कुरा डटकमबाट प्रकाशित सामग्रीमा चालेको कदमप्रति नेपाल पत्रकार महासंघको गम्भीर चासो
- सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार
- तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य
- कर्णाली प्रदेश सरकार बिस्तार
- राज्यको प्राथमिकतामा उद्यामशीलता: मन्त्री भण्डारी
- गोदावारीमा लागेको डढेलो निभाउन गएका एक व्याक्तिको मृत्यु
- दराजमै थन्किए १४ हजार थान राष्ट्रिय परिचयपत्र
- विधेयक पारित नगरी अन्त्य भयो कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया